जोशीले नै गरे प्रधानन्यायाधीश मिश्रलाई स्वागत,मंगलबारदेखि दैनिक कामकारबाही थाल्ने

Share this
679shares

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए ।‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठ्दैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत गर्दै भने, ‘न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न थाल्छु ।’

स्रोतका अनुसार उनले आफ्नो नाम अस्वीकृत भएपछि अदालतमा को कामु प्रधानन्यायाधीश भन्ने अन्योल नहोस् भनी बिदामा बसेको र नयाँ नेतृत्व आएपछि काम सुरु गर्ने बताएका थिए । संसदीय सुनुवाइ समितिले आफ्नो नाम अस्वीकृत गरेपछि जोशी बिदामा बस्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top