पश्चिम सेती अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने

Share this
740shares

पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो। आजको कारोवार दैनिकमा यो खबर छ

Advertisement

लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो। लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताका आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती अघि बढाउने प्रस्ताव लैजान लागिएको छ।

‘लगानी बोर्ड जहिले पनि प्रतिस्पर्धाको पक्षमा छ, पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थताको पक्षमा छ’, लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लले भने, ‘पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थतासहितको कुरा बैठकमा प्रस्ताव गर्छौँ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top