×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

पासपोर्ट कति शक्तिशाली भनेर कसरी छुट्ट्याउने ? नेपालको पासपोर्ट कमजोर ?

२६ पुष २०८०

२६ पुष, विराटनगर।
विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । नेपालको पासपोर्ट संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रहरुले कठोर प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर रहेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको हो ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ । गजबलाग्दो कुरो के भने संसारभरबाट एक्लिएको वर्षौंदेखि नाकाबन्दी झेलेका उत्तरकोरियाको पासपोर्ट नेपालभन्दा माथि छ। बिनाभिसा ४२ देशमा सिधै इन्ट्री गर्न पाउँछ यसले।

Advertisement
Advertisement

मानवाधिकार हनन व्यापक भएको म्यान्मार होस् वा वर्षौंदेखिको भोकमरी, अनिकाल पीडित देश इथियोपिया ४७ देशमा, सुडानबाट छुट्टिएको देश साउथ सुडान ४६ देशमा होस् वा अहिले टाट पल्टिसकेको देश भनेर चर्चामा रहेको श्रीलंकाको पासपोर्ट सबै नेपालभन्दा शक्तिशाली छन्।

सोचनीय कुरा उनीहरू त्यस्तो अवस्थामा पनि यो स्तर अनि नेपालको पासपोर्ट चाहिँ किन यत्ति धेरै कमजोर ? वास्तवमा पासपोर्ट भनेको एउटा सामान्य ‘ट्राभल डकुमेन्ट’ हो। खाली नियमनका लागि प्रत्येक देशले निश्चित नियम र सर्त पूरा गरेर अन्य देशका नागरिकलाई आफ्नो देश जान÷आउन सहज बनाएको न हो। आखिर हाम्रो देशको पासपोर्ट किन यति धेरै कमजोर भएको होला त ?

सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ । सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ भन्ने आधारमा विश्वका विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले सूचीकृत गर्ने गरेको छ । हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट लिने गरेको छ ।

पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले १९४ देश तथा क्षेत्रमा प्रिभिसा बिनानै प्रवेश गर्न पाउँछन् । नेपालभन्दा बलियो श्रीलंकाको पासपोर्टले ४३ र बंगलादेशको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ ।

६२औँ स्थानमा रहेको चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ । यो सूचीमा भुटान निकै माथि रहेको छ। भुटान सूचीको ८७ औं स्थानमा छ जबकि भुटानबाट विना भिसा ५५ देशमा जान सकिन्छ । अमेरिकाको पासपोर्ट सातौँ स्थानमा छ । यसले १८८ देशमा अग्रिम भिसाबिना नै प्रवेश गर्न सकिन्छ ।

सूचीमा नेपालभन्दा पछि रहेका देशहरुमा भने सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता हो। यसले सन् २००६ देखि निरन्तर रूपमा विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) र कम शक्तिशाली पासपोर्ट मापन गर्दै आएको छ।

जुन देशले सबैभन्दा बढी मुलुकमा अन अराइभल भिसा पाउँछ अर्थात् विश्वका कति देशले भिसा विना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त संस्थाले यसरी ¥याङ्किङ गर्ने गर्दछ। यो अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्यांकमा आधारित छ।

नेपालको राहदानी कमजोर हुनुमा भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्ति लगायत थुप्रै कारण रहेका छन्। नेपालका कूटनीतिज्ञ वा अधिकारीले राहदानी दुरूपयोग गरेको वर्षौंदेखि कैयौं घटना भएका छन्। आम नागरिकको कुरा गर्दा पर्यटक भिसामा नेपाल प्रवेश गरेको वा विदेशी मुलुकमा गैरकानुनी रूपमा बसोबास गर्ने धेरै घटना छन्। धेरै देशमा नेपाली फर्किंदैनन् भन्ने धारणा छ।

उनीहरूले हामीलाई पर्यटक वा आगन्तुकको रूपमा हेर्दैनन्। या त हामीलाई आप्रवासी कामदार वा अवैध आप्रवासीको रूपमा हेरिन्छ। नेपालको राहदानीको स्थिति मुख्यतया देशको आर्थिक विकास र त्यहाँका नागरिकहरूको सामाजिक–सांस्कृतिक स्थितिले निर्धारण गर्छ।

लन्डन स्कूल अफ इकोनोमिक्सका भूगोलका प्राध्यापक एरिक न्युमायरले भिसा व्यवस्थामा महत्वपूर्ण हुने धेरै कारक पहिचान गरेका छन्, जसमा देशको जीडीपी, राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध, सशस्त्र द्वन्द्व, आतंकवादी हमला, बाह्य पर्यटक, पर्यटन प्राप्ति, द्विपक्षीय व्यापार र सांस्कृतिक र सभ्यता समानता रहेका छन्।

यी कतिपय कारकहरू पनि हाम्रा कमजोर अवस्थामा छन्। युरोपेली मुलुकमा नेपालीलाई सहज पहुँच थियो। तर नेपालीहरूले भिसाभन्दा बढी समय र गैरकानूनी रूपमा बसाइँ सर्न थालेपछि यो सबै रोकियो। हाम्रो राहदानी ¥याङ्किङ भिसा पहुँचमा आधारित छ र हाम्रो अर्थतन्त्र र खर्च क्षमताका कारण हाम्रो पहुँच कम छ।

¥याङ्किङमा हाम्रो गतिशीलता, यात्रा, व्यापार र प्रत्येक देशका नागरिकहरूसँग संलग्नताको स्तरमा पनि यो निर्भर रहन्छ। राहदानी अनुक्रमाणिकाले पासपोर्ट सम्बन्धी समाचार क्युरेट गर्ने व्यापक ब्लग र विश्वव्यापी गतिशीलता, सुरक्षा, प्रविधि, ब्रान्डिङ र विश्वभरका भिसा नीतिहरूमा विचारहरू पनि समावेश गर्दछ।

यसले राष्ट्र प्रतिको विश्वसनीयतालाई पनि प्रतिविम्बित गर्दछ। राष्ट्र र राष्ट्रका नागरिकहरूलाई हेर्ने एक दृष्टिकोण पनि हो यो। यसले राष्ट्रको प्रभावकारिता र सक्षमतालाई पनि मापन गर्दछ। त्यसैले पनि मुलुकको पासपोर्ट शक्तिशाली हुनु अति आवश्यक मानिन्छ।

चिन्ताको विषय यो हो कि क्रमशः सरकारहरूले यसलाई सम्बोधन गर्न कुनै सक्रिय कदम चालेको देखिंदैन। यसलाई सच्याउन भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्तिको न्यूनीकरण गर्नुपर्छ। नेपालीहरुको गतिशीलता दर उच्च छ, समयमै फर्कनुहोस् र राम्रोसँग खर्च गरियो भने हाम्रो ¥याङ्किङ स्वतः माथि जान्छ भन्नुपर्छ। जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ। यस विषयमा राष्ट्रसँगै प्रत्येक नागरिक गम्भीर भई भिसा नीति, नागरिकता, देश ब्रान्डिङ, विश्वव्यापी गतिशीलता, सार्वजनिक सुरक्षा, परोपकार र विदेश नीतिमा छलफललाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।
पज
विदेशमा खेल्न हिँडेका खेलाडी खेलबीचमै हराउने, तालिम वा अध्ययनमा गएका कर्मचारी उतै हराउने, सांस्कृतिक कार्यक्रमका लागि टोली लिएर विदेश जाने अनि आधा फर्किने, आधा यतै अल्मलिने कारणले हुन सक्छ, नेपाली पासपोर्ट यति कमजोर भएको।

इतिहासको अध्ययन गर्दा करिब एक सय वर्ष अगाडि कुनै दिन यही देशको पासपोर्ट बोकेर तत्कालीन बझाङी राजा तथा नेपालका राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथिको रूपमा निम्ता पाएर अमेरिका पुगेका थिए।

त्यो समयमा उनी त्यहाँ पुग्ने संभवत पहिलो एक्ला नेपाली हुन् । त्यसैगरी उनै सिंह राणा सरकारको अवरोधको बाबजुद नेपाली भएरै सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म करिब साढे ५ महिना युरोपमा मानवतावादबारे चर्चा गर्न निम्तो पाएर सम्पूर्ण युरोप भ्रमण गरे।

तर एक सय वर्ष पछाडि हाम्रो पासपोर्टको यस्तो हविगत किन भयो ? पासपोर्ट कति शक्तिशाली भनेर छुट्ट्याउने आधार के ? नेपाली पासपोर्टलाई किन विश्वास गर्न नसकेको होला ? के सरकारले यो कुरालाई नोटिसमा लिएको छ ? तपाईसँग पनि नेपाली पासपोर्टलाई कमजोर भएको अनुभूति दिलाउने कुनै घटना भए ? अवश्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

 

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top