×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गभर्नरकै नम्बरबाट कर्मचारीसँग पैसा मागेपछि

२९ पुष २०८०

२९ पुष,काठमाण्डौ । 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ ।

राष्ट्र बैंकले भनेको छ, ’यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’ नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो भएको ह्वाटस एपबाट राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई म्यासेज आर्थिक कारोबारसम्बन्धी म्यासेज गएपछि उनको ह्वाट्स एप दुरुपयोग भएको खुलेको थियो ।

Advertisement
Advertisement

कार्यकारी निर्देशकको नम्बरमा गभर्नरको फोटो भएको नम्बरबाट म्यासेज आउनुको साथै फोन पनि मिस भएपछि राष्ट्र बैंकका ति कार्यकारी निर्देशकले गभर्नरले नियमित रुपमा प्रयोग गर्ने भन्दा फरक नम्बर (+९७७९८१४४८६४४९) बाट ,‘ तत्काल मेरा लागि केही कारोबार गर्न मलाईं तपाईंको आवश्यकता परेको हो । आशा छ, तपाईं अहिले फुर्सदमा हुनुहुन्छ ।’ भन्ने प्रस्ताव आएपछि उनले त्यो नम्बरको साटो गभर्नरले नियमित फोन गर्ने नम्बरमा सम्पर्क गरेपछि नम्बर दुरुपयोग भएको खुलेको थियो ।

आर्थिक कारोबार गर्नु पर्ने आशयसहित म्यासेज आएपछि राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले गभर्नरले नियमित प्रयोग गर्ने मोबाइलमा फोन गरेका थिए । गभर्नर महाप्रसाद अधिकारीले आफूले नयाँ नम्बरबाट म्यासेज नै नगरेको बताएपछि उनको फोटो दुरुपयोग गर्दै ह्वाटस एफ एकाउन्ट खोलेर बजारबाट पैसा उठाउन खोजिएको खुलेको हो ।

राष्ट्र बैंकका ती कार्यकारी निर्देशकलाई जसरी नै राष्ट्र बैंकका अन्य कर्मचारीलाई समेत फेक ह्वाटस एफ नम्बरबाट पैसा माग्दै म्यासेज गरिएको फेला परेको छ । गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको फेक एकाउन्टबाट राष्ट्र बैंकका एक उपनिर्देशकलाई समेत रकम माग गर्दै म्यासेज गरिएको थियो ।

आफू अहिले एक मिटिङमा रहेकाले अनलाइन कारोबार गर्न सक्ने अवस्थामा नरहेको र आफूले भनेको एक खातामा ८० हजार रुपैयाँ पठाउन म्यासेजमा आग्रह गरिएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले भने आफ्नो फोटो प्रयोग गरेर फेक ह्वाटस् एप एकाउन्ट खुलेको विषय शनिबार मात्रै थाहा पाएको बताएका छन् ।

गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाटस एफ एकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार उजुरी दिएको छ ।

Advertisement

यस्तै, राष्ट्र बैंकले समाजिक सञ्जाल फेसबुक÷ एक्समा समेत राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो दुरुपयोग गर्दै ह्वाटस एप एकाउन्ट बनाएको जानकारी दिएको छ ।अधिकारीको फेक एकाउन्ट खुलेको जानकारी पछि गभर्नर कार्यालयले उक्त एकाउन्ट बन्द गर्ने र गलत गतिबिधिमा संलग्नलाई कारबाही गर्न माग गर्दै साइबार ब्यूरोमा उजुरी दिएको हो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top