अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

२३ माघ,एजेन्सी ।
सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन् । केही घाइते भएको आशंका छ । सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो ।

इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ । अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन् । सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्,जहाँ उसले कुर्दिस लडाकू समूहसँग मिलेर काम गर्दै आएको छ ।

यसअघि इरान समर्थित लडाकु समूहले जोर्डनमा रहेको अमेरिकी हवाई क्याम्पमा ड्रोन आक्रमण गर्दा तीन अमेरिकी सैनिक मारिएका थिए । त्यसयता अमेरिकी हवाई अड्डामा दोस्रो पटक आक्रमण भएको हो । कुर्दिस समूह अमेरिकाको सहयोगमा आतंकवादी संगठन आईएसविरुद्ध लड्दै आएको छ ।

Advertisement

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन सोमवार साउदी अरबको राजधानी रियाद पुगेका छन् । त्यहाँ उनले साउदी क्राउन प्रिंस मोहम्मद बिन सलमानसंग भेटवार्ता गरेका छन् । सो क्रममा दुवै नेताहरुले युद्धग्रस्त गाजामा मानवीय संकट समाधानका उपायबारे चर्चा गरेको बताइएको छ ।

ब्लिंकेन इजरायल–हमास युद्धका कारण यो क्षेत्रमा बढिरहेको तनाव रोक्न भन्दै मध्य–पूर्वका चार देशहरुको भ्रमणमा रहेका छन् । उनले मोहम्मद बिन सलमानसंग गाजामा संकटको स्थायी समाधान खोज्नका लागि क्षेत्रीय समन्वयमाथि पनि चर्चा गरेका छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमवार एक बयानमा भनेका छन्, रियादमा दुवै नेताहरुले अमेरिका र साउदी अरबबीच बलियो द्विपक्षीय सम्बन्ध निर्माणको महत्वबारे चर्चा गरे र दुवै देशबीच रणनीतिक साझेदारीलाई अगाडि बढाउने बारेमा पनि छलफल गरेका छन् । मिलरले बयानमा भनेका छन्, विदेश मन्त्री ब्लिंकेन र मोहम्मद बिन सलमानले लाल सागरमा तनाव कम गर्न आवस्यक रहेको बारेपनि चर्चा गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top