NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

पाकिस्तानको प्रधानमन्त्री अब को बन्छ ?

शुक्रबार माघ २६ , २०८०
Reading Time: 1 min read
A A
पाकिस्तानमा आज चुनाव,धाँधलीको आशंका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ माघ,विराटनगर ।
नेपालीमा एउटा उखान छ । अति गर्याे भने खति हुन्छ । अहिले पाकिस्तानबाट आइरहेको आम चुनावको मत परिणामले त्याहाका सेना नजिक रहेका दलहरुका लागि यही उखान चरितार्थ भइरहेको छ । विभिन्न आरोप लगाएर जेलमा बन्द गरिएका पूर्वप्रधानमन्त्री इमरान खानले जेलभित्रै बसेर चुनावमा चमत्कार गरिरहेका छन् ।

सरकारको दबाबमा निर्वाचन कार्यालयले उनको दललाई प्रतिबन्ध गरी चुनाव चिन्ह समेत खोसेको अवस्थामा स्वतन्त्र रुपमा उम्मेदवार भएका खान समर्थकहरुले उत्साहजनक रुपमा जनताको मत पाइरहेका छन् । सत्तारुढ दलको पेलाईमा परेका खानको घटनालाई नजिकबाट नियालीरहेका पाकिस्तानी जनताको मत खानको पक्षमा खनिएको छ ।

पछिल्लो समयको मत परिणाम अनुशार घोषणा गरिएको १२४ सिटमा स्वतन्त्र (पीटीआईसँग आबद्धहरू सहित) ४९ जना विजयी भएका छन् ।यस्तै पीएमएल–एन – ३८, पीपीपी ३१ सिट र अन्य ६ सिटमा विजयी भएका छन् । अहिलेसम्म १ क्षेत्रमा स्थगित भएकोछ भने १४१ क्षेत्रको परिणाम आउने क्रममा रहेको छ ।

LS Auto

पाकिस्तानमा भएको निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ यो खबर दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नवाज सरिफको पार्टी पीएमएल–एन शीर्षमा छ । प्रारम्भिक प्रवृत्तिमा पीटीआईले १०० भन्दा बढी सिटमा अग्रता लिएको थियो ।

यस्तो अवस्थामा पाकिस्तानमा सोही पार्टीले नयाँ सरकार बनाउने विश्वास गरिएको थियो । तर, दिउँसोसम्म इमरान खानको पार्टी दोस्रो स्थानमा पुगेको छ भने पाकिस्तानी सेनाको निकट मानिने नवाज शरीफको पार्टी पीएमएल–एन पहिलो स्थानमा पुगेको छ । पीटीआई समर्थकहरूले आफ्नो भोट चोरी भएको आरोप लगाएका छन्।

इमरान खानका समर्थकहरूले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेका थिए । उनीहरुले शानदार सफलता हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले सयभन्दा बढी सिटमा आफ्नो जादू देखाउँदै छन् । अब यी स्वतन्त्र सांसदको सहयोगमा मात्रै सरकार बन्ने निर्वाचनको नतिजाले स्पष्ट पारेको छ ।

योसँगै चुनावी नतिजा आफ्नो पक्षमा नआएको देखेर पाकिस्तानी सेना नवाज शरीफ वा बिलावलको पार्टीलाई प्रवर्द्धन गर्न धाँधलीमा व्यस्त रहेको आरोप लगाइएको छ । यसको उदाहरण नवाज शरीफ हुन् जसले रातिसम्म ७० प्रतिशत मत गणना भइसकेपछि पीटीआई उम्मेदवारले पछि पार्दै आएका थिए तर अहिले अचानक लाहोर सिटबाट विजयी घोषित भएका छन् ।

यसअघि अर्काे क्षेत्रबाट शरीफले पराजय भोगेका थिए । शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् । उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । यसले अहिले पाकिस्तानी मतदाताहरूमा आक्रोश र निराशा पैदा गरिरहेको छ। यो आक्रोश गृहयुद्ध जस्तो अवस्थामा परिणत हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

पाकिस्तानी मामिलाका विशेषज्ञ र बेलायतमा सहायक प्राध्यापक जोहा वासिम भन्छिन् कि पाकिस्तानमा चुनावी परिणाम घोषणामा यति लामो ढिलाइले धाँधलीमा गम्भीर प्रश्न खडा गरेको छ। अल जजीरासँग कुरा गर्दै उनले भनेकी छन्, कि यो असामान्य छ र पर्दा पछाडि भइरहेको अशान्तिलाई औंल्याउँछ।

उनले विगत केही सातादेखि नवाज शरीफ सत्तातर्फ उन्मुख भएको सङ्केत भइरहेको तर अहिले ठूलो चुनौतीको सामना गरेको बताएकी छन् । वासिमले भनेकी छन् कि पाकिस्तानी सेनाले इमरानका समर्थकहरू विरुद्ध दमनको चक्र चलायो र उनीहरूलाई यातना दियो र अहिले त्यो कदम उल्टो सावित भएको छ ।

सारा संसारलाई थाहा छ, पाकिस्तानमा सेनाले चाहेको सरकार बन्ने गर्छ । यस पटक सेनाले नवाज शरीफलाई विजयी बनाएको छ । नवाज सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् तर उनले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन् । इमरान खान गत वर्ष अगस्टदेखि कैयौँ मुद्दामा जेलमा छन् । यसपछि पनि उनको पार्टी पाकिस्तानमा सबैभन्दा अगाडि रह्यो ।

रिपोर्टका अनुसार भोट बाँडफाँडमा पीटीआई आफ्ना अन्य प्रतिद्वन्द्वीहरूभन्दा धेरै अगाडि छ। यसको मुख्य कारण पाकिस्तानको शक्तिशाली सेनाले इमरान खान र उनको पीटीआई पार्टी विरुद्ध आफ्नो प्रयास केन्द्रित गरेको थियो। दशकौंदेखि सेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको राजनीतिलाई नियन्त्रण गर्दै आएको छ।

पाकिस्तानको राजनीतिमा सेना सबैभन्दा शक्तिशाली खेलाडी हो । पाकिस्तानी सेनाको इमरान खानसँगको सम्बन्ध निकै खराब रहेको छ ।२०१८ मा इमरान खान सेनाको समर्थनमा पाकिस्तानको प्रधानमन्त्री बने । तर, यो साझेदारी केही वर्ष मात्र टिक्यो । पाकिस्तानका तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवा र नदीम अन्जुमलाई गुप्तचर निकाय आईएसआईको प्रमुखमा नियुक्त गरेपछि सेना र इमरान खानबीचको विवाद निकै बढेको थियो ।

इमरान खानले सुरुमा सेना प्रमुखको रूपमा जनरल बाजवाको कार्यकाल एक वर्ष थप गरे तर पछि अस्वीकार गरे। इमरान खानले आइएसआई प्रमुखको नियुक्तिसम्बन्धी फाइललाई पनि स्वीकृत गरेनन् । इमरान खान आफ्नो नजिकका सहयोगी र पूर्व आईएसआई प्रमुख जनरल फैज हमिदलाई पाकिस्तानी सेनाको नयाँ प्रमुख बनाउन चाहन्थे। यसका लागि उनले आफ्नो सारा बल दिएका थिए ।

तर, कमर जावेद बाजवाले यसको विरोध गरे । उनले जनरल असिम मुनीर पाकिस्तानको नयाँ प्रमुख बन्ने स्पष्ट पारेका थिए । यसैबीच इमरान खानले पनि अमेरिकासँग दुश्मनी गरेका थिए । अफगानिस्तानमाथि नजर राख्न अमेरिकालाई कुनै पनि हालतमा पाकिस्तानमा पहुँच चाहिन्छ। यस्तो अवस्थामा विपक्षी, सेना र अमेरिकाको मिलेमतोमा इमरान खानलाई सत्ताबाट हटाइयो ।

इमरानले पाकिस्तानी सेनाले आफूलाई प्रधानमन्त्री पदबाट हटाएको आरोप लगाएका छन् । गुप्तचर दस्तावेज सार्वजनिक गर्दै उनले अमेरिकालाई यो षड्यन्त्रमा संलग्न भएको आरोप पनि लगाए । जसका कारण अमेरिका र सेना दुवै इमरानसँग रिसाए । यसपछि नवाजका भाइ शाहबाज शरीफले प्रधानमन्त्रीको सपथ लिएका थिए ।

सबै विपक्षी दलहरू सरकारमा सामेल भए र इमरान खान एक्लै भए। यसपछि इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता भएका छन् । इमरान खान भ्रष्टाचार, तोशाखाना र अवैध विवाह मुद्दामा दोषी ठहर भएका छन् । उनको पार्टीका धेरै नेताहरु विभिन्न मुद्दामा जेल परेका छन् । दोषी ठहर भएपछि इमरान खान चुनाव लड्न अयोग्य घोषित भएका छन् । विदेशी चन्दा लिएको आरोपमा इमरान खानको पार्टीको चिन्ह खोसिएको थियो ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३३६ सिटहरू छन्, जसमध्ये २६६ उम्मेदवार प्रत्यक्ष मतदान प्रक्रियाबाट निर्वाचित हुन्छन्। जसमध्ये ६० महिला र १० गैरमुस्लिमका लागि ७० सिट आरक्षित छन् । पाकिस्तानमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले कम्तिमा १७२ सिट जित्नुपर्छ। अन्य राष्ट्रजस्तै पाकिस्तानमा पनि १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न पाउछन् ।

त्यस्ता व्यक्तिहरूको संख्या १२८ मिलियन छ। अब सेनाले मन पराउने नै पाकिस्तानको प्रधानमन्त्री बन्ने विश्वास गरिएको छ । अहिले नवाज शरीफ पाकिस्तानी सेनाको पहिलो रोजाइ हुन् । यस्तो अवस्थामा दिउँसोसम्म नवाजको पार्टी पीएमएल–एन विजयतर्फ अघि बढेको देख्न सकिन्छ । अर्कोतर्फ, पीटीआईका उम्मेदवारको तिव्र संख्याले अन्य दलको बेचैनी बढाएको छ ।

यस चुनावमा बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीले सबैभन्दा बढी हार बेहोरेको देखिन्छ । बिलावलकी आमा बेनजिर भुट्टो दुई पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेकी छिन् ।चुनाव अघि आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गरिएको एक भिडियो सन्देशमा इमरान खानले आफ्ना समर्थकहरूलाई ठूलो संख्यामा बाहिर आउन र भोट हाल्न आग्रह गरेका थिए।

फेब्रुअरी ७ मा एक व्यक्तिगत भिडियो सम्बोधनमा पूर्वप्रधानमन्त्रीले भनेका थिए, “भोलि चुनाव छ, म चाहन्छु कि तपाई बाहिर आउनुहोस् र तपाईलाई थाहा छ जति जनालाई बाहिर ल्याउनुहुन्छ, किनकि तपाईले आफ्नो र आफ्ना बच्चाहरूको भाग्य यो चुनावबाट तय गर्नुहुनेछ। परिवर्तन हुनेछ।“ पाकिस्तानमा इमरानमाथिको राजनीतिक प्रतिशोधका बीच प्राप्त पछिल्लो मत परिणामलाई तपाईले कसरी हेर्नुभएको छ ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #इमरान खान#पाकिस्तानको प्रधानमन्त्री

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?
ताजा समाचार

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता
ताजा समाचार

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.