×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

साम्बाको टिमले तहल्का मच्चाउदै, अर्काे खेल पीएसजीसँग

२८ माघ २०८०

२८ माघ,एजेन्सी ।
नेपाली राष्ट्रिय महिलाब फुटबल टोली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगम्पले फ्रान्सको शीर्ष डिभिजन लिग डी १ एर्केमा तेस्रो जित निकालेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा साम्बा सम्मिलित ग्वेंगम्पले फ्लुरी ९१ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

फ्लुरी ९१ विरुद्धको खेलमा साम्बाले अन्तिम १५ मिनेट मौका पाएकी थिइन्। खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको गुएङग्याम्पले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो। साम्बाले गत साता बोर्डोविरुद्धको खेलमा ७५ औँ मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्सेली लिगमा डेब्यु गरेकी थिइन्।

Advertisement
Advertisement

जितसँगै १४ खेलबाट १२ अंक जोडेको ग्वेंगम्प तालिकाको दशौँ स्थानमा छ। ग्वेंगम्पले आगामी शनिबार पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ। शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।

उनले फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइएकी छन् । यसअघि साम्बाले इन्डियन्स वुमेन्स लिगमा सनसनी मच्चाएकी थिइन् । उनले २०२२–२३ को सिजनमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहासमेत रचेकी थिइन् । त्यस्तै लिगमा ३ सिजन खेलेकी साम्बाको नाममा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत रहेको छ ।

Advertisement

उनले इन्डियन वुमेन्स लिगमा ५९ गोल गरेकी छिन् । उनीपछि ४ सिजन खेलेकी बाला देवीको नाममा ४८ गोल रहेको छ । सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको लागि सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । घरेलु लिगमा एपिएफबाट खेल्ने साबित्राले भारतीय महिला लिगमा तेस्रो पटक उपाधि उचालिसकेकी छिन् । अब युरोपबाट साम्बाले आफ्नो खेल क्षमता विश्वभर देखाउने छिन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top