×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?

१ फाल्गुन २०८०

१ फागुन , विराटनगर ।

राजनीतिक दलहरूले पूर्वराजालाई बदनाम गराउने काम मात्र गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।

Advertisement
Advertisement

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको उच्चस्तरीय छानविन समिति गठन गरेर छानविन गराउनुहोस्, स्वतन्त्र र निष्पक्ष ढंगले।’ उनले आयोजित पत्रकार सम्मेलनमा सरकारले दरबार हत्याकाण्डमा जोजो दोषी देखिन्छन् ती सबैलाई कानुनको कटघरामा ल्याउन चुनौती दिए ।

पूर्वराजा ज्ञानेन्द्रले पनि सत्यतथ्य बाहिर आओस् भन्ने चाहेकोसमेत थापाले बताए । ‘यहीँबाट सबै कुराको निराकरण पनि निस्किन्छ नत्रभने कसैको बदनाम गराउने काम नहोस्,’ उनले भने। उनका अनुसार अहिले राजनीतिक दलहरूबाट राजपरिवारप्रति आरोप–प्रत्यारोप लगाउने काम मात्रै भइरहेको छ ।

यसैबीच यता राजतन्त्रकै पक्षधर मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज फागुन १ गते पहिलो वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको छ । यसलाई प्रसाइँले ‘नागरिक मुक्तिको आन्दोलनको अन्तिम भाग’ भनेका छन् ।

दुर्गा प्रसाइँका पछिल्ला गतिविधिमा आफ्नो साथ रहेको कमल थापाले पनि बताउँदै आएका छन् । तर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने यो कार्यक्रममा सहभागिता नजनाउने बताएको छ । यस्तै स्वयं ज्ञानेन्द्र शाह पनि कार्यक्रममा उपस्थित नहुने भएका छन् । आजको कार्यक्रममा प्रसाईंले पूर्वराजा शाहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् ।

तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ ।

प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । सो भेटपछि उनले पूर्वराजासँग अर्थपूर्ण संवाद भएको समेत बताएका थिए । यस्तै उनले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् ।

प्रसाईले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए । यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताएका छन् ।

अहिलेकै अवस्थामा संस्थागत सहभागिता नरहेपनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो । यता केही हिन्दुवादी संगसंगठन र राप्रपाकै केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने बताउँदै आएका छन् । प्रसाईंले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् भने मिटरब्याज र लघुवित्त पीडितको मुद्दा पनि बोकेका छन् ।

Advertisement
Advertisement

प्रसाईंको राजतन्त्र फर्काउने एजेण्डा भएपनि राप्रपा भने संस्थागत रुपमा उनको गतिविधिप्रति सशंकित बन्दै आएको छ । यसअघि प्रसाइँले आजको कार्यक्रम टुँडिखेलमा गर्न लागेका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रसाईंलाई आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताएको खुलेको छ । प्रसाईंका यसअघिका आन्दोलनमा पनि सरकारले बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको थियो भने झडपको स्थितिसमेत आएको थियो ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top