रुसमा युक्रेनयुद्धको आलोचना गरे तत्काल कारबाही

३ फागुन , एजेन्सी । 
रुसमा अबदेखि युक्रेनमा भएको युद्धबारे बोल्नेको सम्पत्ति नै खोसिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भएको आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएकाहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन् ।

मस्कोले सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ । सार्वजनिक रूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाहीको व्यवस्था गरिएको छ । उक्त कानुनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषीहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तु जफत गर्न सक्षम बनाउँछ ।

कानुनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ । रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

Advertisement

ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भनेका थिए, ’आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ।’ मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ ।

उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ । पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए। सन् १९९९ को अन्तिम दिन उनलाई बोरिस येल्तसिनले राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए,त्यसपछि पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म यो पदमा काम गरेका छन्।

राष्ट्रपति नियुक्त भएपछि पुटिनले २००० को राष्ट्रपति चुनावमा ५३.० प्रतिशत र २००४ को चुनाव ७१.०३ प्रतिशत मत ल्याएर जितेका थिए । पुटिनले फेरि अर्काे कार्यकालका लागि आफुलार्य निर्विकल्प बनाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top