×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चन्द्रमामा मानववस्ती बसाउने मस्कको तयारी, के फाइदा हुन्छ ?

१३ फाल्गुन २०८०

१३ फागुन, विराटनगर ।
तीन दिनअघि विहीबार विहान अमेरिकाको एक निजी कम्पनी ’इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरण भयो । योसँगै ’इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिका पुनः उपस्थिति भएको छ । निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो ।

अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो । विहीबार यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यानमा नासाका छ वटा उपकरण रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासाले बताएको छ ।

आउँदो केही वर्षमै नासाले झण्डै ५० वर्षपछि फेरि मानिसलाई चन्द्रमामा पठाउने योजना बनाएको छ । सन १९६१ म सोभियत संघले यूरी गागरिनलाई अंतरिक्ष पहिलो पटक पठाएको थियो । तर अमेरिकाका नील आर्मस्ट्रंग र बज अल्ड्रिन १९६९ मा चन्द्रमामा पहिलो पाइला राखेका थिए । त्यसपछि अपोलो मिशनले कुल १२ जना मानिसलाई चन्द्रमामा उतार्ने सफलता प्राप्त गर्यो ।

त्यसपछि रूस, चीन, भारत र जापानले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यान, ल्यान्डर वा रोभर्स उर्तान सफलता प्राप्त गरेका छन् । तर यी अभियानहरुमा मानिसहरुलाई भने चन्द्रमामा पठाइएको छैन । अब नासाले त्यसको तयारी गरेको हो ।पछिल्लो पटक अमेरिकाले आफ्नो आर्टेमिस प्रोग्राम अन्तर्गत मानिसहरुको एक टोलीलाई चन्द्रमामा पठाउने योजना बनाइरहेको छ ।

यस्तै योजना चीन र भारतले बनाएका छन् । पछिल्ला केही वर्षहरुदेखि अमेरिका र चीनबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । यस्तोमा अब यी दुई देशले आफ्नो प्रतिपर्धा धरतीमा मात्रै होइन अन्तरिक्षमा समेत लगेका छन् । अमेरिका र चीनले आउने ५, १० वर्षभित्रै मानिसहरुसहितको चन्द्रमा मिशनको तयारीमा जुटेका छन् । जसका लागि दुवै देशले अन्तर्राष्ट्रिय साझेदारहरुसंग सहकार्य सुरु गरेका छन् ।

चन्द्रमा नै देशहरुको लक्ष्य किन पनि रहेको छ भने यो मंगल ग्रहमा जानुभन्दा सहज छ । एक त चन्द्रमाको सतहमा गुरुत्वाकर्षण कम छ । पृथ्वीको नजिक पनि छ । चन्द्रमामा जानका लागि तीन दिन लाग्छ । जबकी मंगल ग्रहसम्म पुग्नका लागि ६ देखि ८ महिना लाग्छ । र अहिले चन्द्रमामा कसले पहिला मानिसलाई फेरि उर्ताने भन्ने मात्रै होइन सबैभन्दा पहिले यस्तो टेक्नोलोजी कसले बनाउँने जसले मानिसलाई चन्द्रमामा रहन र त्यसको फाइदा उठाउन सक्छ भन्नेमा छ ।

अर्थात अब यो प्रतिस्पर्धा चन्द्रमामा कसले पहिले मानिसहरुको बस्ती बसाउँने भन्नेमा छ ।वैज्ञानिकहरुका अनुसार सबैभन्दा धेरै रुचाइएको क्षेत्र हो चन्द्रमाको दक्षिण ध्रुव । किनभने सो क्षेत्रमा खाडलहरु सधैं नै अध्यारोमा रहन्छन । वैज्ञानिकहरुको अनुमान के छ भने, त्यहाँ बरफ हुन सक्छ । जुन किनै महत्वपूर्ण संसाधन हुनसक्छ । शोधकर्ताहरुले यो सैंयौं किलोमीटर क्षेत्रफलमा शोध केन्द्र स्थापना गर्न चाहान्छन् ।

यो एक सानो क्षेत्र हो त्यसैले यसमा नियंत्रणलाई लिएर विवाद पनि हुनसक्ने देखिन्छ । विगतका दुई दशकदेखि चीनले यो क्षेत्रमा निकै उपलब्धि हासिल गरेको छ । उसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जस्तो एक मोड्यूल पनि तैयार पारिसकेको छ । चीनले मंगल ग्रहमा आफ्नो मिशनको क्रममा केवल मंगल ग्रहको कक्षको परिक्रमा मात्रै गरेन उसले मंगलको सतहमा उत्रिने पनि सफलता प्राप्त गरेको छ जुन निकै ठूलो उपलब्धी हो ।

अब चीन सन २०३० सम्म चन्द्रमामा आफ्नो बेस अर्थात अड्डा बनाउँन चाहान्छ । यता अमेरिका यही काम २०२८ भित्रै गर्न चाहान्छ । तर उसको यो मिशनमा पहिला नै ढिलाई भइसकेको छ । यस्तै अमेरिका यो मिशनको सफलताका लागि एलन मस्क र उनकी कम्पनी ’स्पेस एक्स’मा निर्भर छ ।अब स्पेस एक्सले नासाका लागि बनाइरहेको स्टारशिप अंतरिक्ष यानबिना उसको चन्द्र मिशन संभव छैन ।

अमेरिका र चीन पनि अंतरिक्षमा खोज अभियानका लागि निजी क्षेत्रका कम्पनीहरुको साथमा मिलेर काम गरिरहेको छ । यस्तै कयौं देशहरुले पनि यो खोजमा रुची देखाएका छन् । अमेरिकाले तीसभन्दा धेरै देशहरुसंग मिलेर चन्द्रमामा अनुसन्धानका लागि र त्यहाँ रहेका संसाधनहरुको प्रयोगका लागि सरकारहरु र निजी कम्पनीहरुका लागि कस्ता नियम र नीतिहरु हुनुपर्छ भन्नेमा सम्झौता पनि गरेको छ ।

विश्वभरका कम्पनीहरुलाई के आशा छ भने अमेरिका र उसको आर्टेमिस प्रोजेक्टले यो क्षेत्रमा नेतृत्व प्रदान गर्नेछ । कयौं देश र कम्पनीहरु चन्द्रमा पुगेर त्यहाँ रहेका संसाधनहरुको दोहन गर्न चाहान्छन् । यसैकारण पनि तिनिहरुले अमेरिकासंग सम्झौता गरेका छन् । यसै प्रकारले कयौं अन्य देशहरुले र त्यहाँका निजी कम्पनीहरुले चीनका साथमा पनि यो क्षेत्रमा सहयोग गरिरहेका छन् ताकी चन्द्रमामा ढांचागत विकास गरेर पैसा कमाउन सकियोस ।

चीनले १० वर्ष पहिले आफ्नो अन्तरिक्ष उद्योगलाई निजी कम्पनीहरुका लागि खुला गरेर धेरै सफलता पनि हात पारेको छ । तर अहिले पनि यो उद्योगको सबै भन्दा प्रमुख व्यक्ति भनेको एलन मस्क नै हुन् । जसको कम्पनीलाई नासाको ’आर्टेमिस मिशन’ का लागि चन्द्रमामा उत्रिने अंतरिक्षयान बनाउँने जिम्मा दिइएको छ । यसमा एलन मस्कको महत्वाकांक्षा पनि निकै देखिन्छ, सामाजिक संजालमा उनी यसबारे जानकारीहरु पनि सार्वजनिक गरिरहेकै हुन्छन् ।

एलन मस्क आफ्नो स्पेसशिप प्रोजेक्ट मार्फत देखाउन चाहान्छन्, कि उनी मानव भविष्यको दिशा तय गर्नमा लागि परेका छन् । अन्य ग्रहहरुमा मानव बस्ती बसाउँन उनको स्पेसशिपको अहम भूमिका हुनेछ । र उनको यो महत्वाकांक्षा केवल मुनाफा कमाउनमात्रै सीमित छैन, त्यो भन्दा कयौं गुणा अधिक छ । वैज्ञानिकहरुका अनुसार आर्टेमिस सम्झौताको लक्ष्य चन्द्रमामा आर्टेमिस बेसक्याम्प बनाउनु हो ।

जसका माध्यमबाट चन्द्रमामा उपलब्ध संसाधनहरुको प्रयोग गर्न सकियोस र मंगल ग्रहमा पुग्ने क्षमता बढाउन सकियोस । अहिलेसम्म चन्द्रमामा फलाम, टाइटेनियम र अन्य काम लाग्ने तत्वहरु रहेको पत्ता लागेको छ । भारतको चंद्रयान ३ मिशन चन्द्रमाको दक्षिणी ध्रुवबाट ६०० किलोमिटरको दूरीमा उत्रिएको हो र त्यसले चन्द्रमामा सल्फर, एल्यूमिनियम र अन्य तत्वहरु रहेको पुष्टि गरेको थियो ।

तर पानी वा बरफ रहेको भन्ने पुष्टि हुन पाएको छैन । चन्द्रमामा पानीको बरफ पत्ता लगाउनका लागि २०२६ मा भारतले जापानसंग मिलेर थप एक अभियान चन्द्रमामा पठाउने तयारीमा छ ।चीन २०३६ सम्ममा चन्द्रमामा बेस बनाउन चाहान्छ । भारतले पनि यस्तै प्रोजेक्टको घोषणा गरिसकेको छ । यदी यसमा सफलता मिल्यो भने चन्द्रमाको गुरुत्वाकर्षणको प्रयोग गरेर त्यहाँबाट अंतरिक्षमा रकेट प्रक्षेपण गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

पृथ्वीबाट रकेट प्रक्षेपण निकै महंगो हुन्छ । किनभने चन्द्रमाको तुलनामा पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्कनका लागि धेरै इन्धन खर्च हुन्छ । यसैकारण कयौं देशहरुले चन्द्रमालाई एक सामरिक संसाधनकै रुपमा हेरिरहेका छन् । यस्तै चन्द्रमाको केही क्षेत्रमा सुर्यको प्रकाश सधैं रहन्छ । यो सतहको प्रयोग सौर्य ऊर्जा उत्पादनका लागि गर्न सकिने देखिन्छ । चन्द्रमामा सौर्य ऊर्जा उत्पादन गरेर तल्लो कक्षमा ठूला उपग्रहका माध्यमले सौर्य ऊर्जा वा सोलर एनर्जीलाई पनि माइक्रोवेभका माध्यमले पृथ्वीमा पठाउन सकिनेबारे पनि शोधकर्ताहरु लागि परेका छन् ।

अब सन १९६७ मा भएको अंतरिक्ष सम्झौता अन्तर्गत के सुनिश्चित गरिएको छ भने कुनै पनि देशले अंतरिक्षमा सार्वभौमत्वको दाबी गर्न सक्दैन । अर्थात यदी अमेरिका वा चीनले चन्द्रमाको अध्यारो क्षेत्रमा बस्ती बसाले पनि उनीहरुले त्यो क्षेत्रमा आफ्नो दाबी गर्न पाउँदैनन् । तर वास्तविकता यो भन्दा फरक हुने पनि देखिन्छ । किनभने चन्द्रमामा रहेका संसाधनहरुको समान रूपले प्रयोग होस् भन्ने बारेमा कुनै कानूनी व्यवस्था छैन ।

यस्तोमा जो पहिला त्यहाँ पुग्छ उसैले फाइदा उठाउने पनि देखिन्छ । यही दौडमा रहेका छन्, अमेरिका, चीन लगायतका देशहरु । वर्तमान स्थितिलाई हेर्दा के देखिन्छ भने अमेरिका २०२८ मा दोस्रो पटक चन्द्रममा पाइला राख्दै छ । त्यसको २ वर्षपछि चीन र त्यसको १० वर्षपछि भारत चन्द्रमामा पाइला राख्दै छ । यो क्रम रह्यो भने फाइदा पनि यिनै देशहरुले उठाउने निश्चित छ ।

 यिनले फरक किसिमको टकराव निम्त्याउने पनि सम्भावना देखिन्छ । यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top