×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

तीन महिना अघि नै बजेट बहस, के छ खास ?

१४ फाल्गुन २०८०

१४ फागुन, काठमाण्डौ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

Advertisement
Advertisement

सरकारले बजेट प्रस्तुत गर्नुभन्दा तीन महिना पहिले नै छलफलका लागि प्रस्ताव पेस गरेको हो । यसअघि बजेट आउनु १५ दिन अघिमात्र यस्तो छलफल हुने गरेको थियो । विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन गरिएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खुलेको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संशोधन गरी यो अध्यादेश ल्याइएको हो । उक्त ऐनको दफा ११ (१) मा प्रत्येक आर्थिक वर्षका लागि विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिनअगावै अर्थमन्त्रीबाट विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीयसंसद्मा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।

यो व्यवस्थालाई अध्यादेशबाट संशोधन गरी ‘विनियोजन विधेयक ल्याइनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त र प्राथमिकतामा संसद्मा पेस गरिनुपर्ने’ व्यवस्था ल्याइएको हो । त्यस्तै बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता माथि संसद्मा छलफल भएर एक महिनाभित्र सरकारलाई सुझाव जानेछ । यसबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा पर्याप्त छलफल भई सांसदहरुबाट आएका सुझावका आधारमा यथार्थपरक बजेट तर्जुमा गर्न सघाउ पुग्ने विश्वास अर्थमन्त्री महतले व्यक्त गरे ।

संसदमा पेस भएको प्रि–बजेट प्रस्तावमाथि अब यही फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको संसद् बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । सरकारले आउँदो आर्थिक वर्षमा कुन–कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रि– बजेट प्रस्तावमा उल्लेख छ ।

संविधानमा भएका मौलिक हक कार्यान्वयन, राज्यका निर्देशक सिद्धान्त, १६ औँ योजनामा प्रस्ताव गरिएका नीति र दुई वर्षपछि नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा लिनुपर्ने रणनीति तथा सन् २०३० मा पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यलाई ध्यान दिएर आउँदो वर्षको बजेट तयार पारिने अर्थमन्त्री महतले उल्लेख गरेका छन् ।

दिगो र समावेशी आर्थिक वृद्धि, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, सार्वजनिक खर्चलाई मितव्ययी र औचित्यपूर्ण बनाउने, पूर्वतयारी भएका आयोजनालाई मात्र अघि बढाउने, प्राथमिकता प्राप्त आयोजनामा बजेट अभाव हुन नदिने, वैदेशिक अनुदान र ऋणलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

Advertisement

यस्तै सामाजिक न्याय, सामाजिक क्षेत्रको विकास, निजी क्षेत्र र लगानी प्रवर्द्धन, सङ्घीयता र सुशासन प्रवर्द्धन, जलविद्युतको विकास, कृषि क्षेत्रको आधुनिकीकरण, मल बिउ कृषि औजार र उत्पादनको बजार सुनिश्चित लगायतका विषय पनि उल्लेख छ । पर्यटन क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पूर्वाधार विकास, हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापन, युवाशक्तिलाई देशमै रोजगारी लगायतका सिद्धान्त र प्राथमिकता पनि अर्थमन्त्री महतले प्रतिनिधि सभामा पेस गरेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top