२१ फागुन , एजेन्सी ।
क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुगेको छ । सोमबार बिटक्वाइन ६४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको रोयटर्सले जनाएको हो । एसियाली बजारमा बिटक्वाइनको मूल्य ६४ हजार २ सय ८५ पुगेको हो । यो सन् २०२१ को अन्त्यपछि कै उच्च हो ।
सन् २०२१ को नोभेम्बरमा भने बिटक्वाइन ६८ हजार ९ सय ९९.९९ डलर पुगेको थियो । बिटक्वाइनको मूल्य यसै वर्ष ५० प्रतिशतले बढेको रोयटर्सले उल्लेख गरेको छ । यता अमेरिकी सेयर बजारमा बिटक्वाइन फन्डको कारोबारमा उच्च वृद्धि भएको छ ।