२१ फागुन , एजेन्सी ।
आगामी ५ वर्षभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मेडिकलसहित मानिसले दिने सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्ने दावी गरिएको छ । एआई–चिपनिर्माता एनभिडियाका सिइओ जेनसेन हुआङले आगामी ५ वर्षभित्रै एआईले मानिसले दिने सबैखाले परिक्षामा उत्तिर्ण हुन सक्ने दावी गरेका हिन्दुस्तान टाइम्सले जनाएको हो ।
उनले केही वर्षभित्रै मानिस जस्तै सोच्न सक्ने तथा काम गर्न सक्ने कम्प्युटर आउने सम्भावना समेत रहेको बताए । अमेरिकाको स्ट्यान्डफोर्ड युनिर्भसिटीमा आयोजित एक कार्यक्रमका क्रममा हुआङले आगामी ५ वर्षभित्र एआईले ठूलो फड्को मार्ने दावी समेत गरे ।