×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हाइटीको जेलबाट ४ हजार कैदी कसरी भागे ?

२१ फाल्गुन २०८०

२१ फागुन , एजेन्सी । 

अमेरिकी देशहरुमध्ये निकै गरिब मुलुक हाइटी यतिबेला संकटकालको अवस्थामा छ । हाइटीको सरकारले राजधानी सहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार संकटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ । सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुने जनाएको छ ।

Advertisement

त्यहाँ राजधानीको एक जेलबाट करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई शसस्त्र समूहले भगाइएको छ । जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको आरोपमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् । हाइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।

सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागु हुनेछ र आवश्यकताअनुसार थप हुँदै जानेछ । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागु भएको जनाइएको छ । पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ ।

आर्थिक मामिलामन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसंघको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो ।

उनलाई पदबाट मुक्त गर्न चाहिरहेका समूहहरूले राजधानीको ८० प्रतिशत हिस्सामाथि नियन्त्रण कायम गरेका छन् । पछिल्लो हिंसामा बिहीवारबाट वृद्धि भएको छ जब नैरोबी भ्रमणका क्रममा प्रधानमन्त्रीले केन्याली नेतृत्वको बहुराष्ट्रिय सुरक्षा फौज हेइटीमा परिचालन गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

Advertisement

बार्बीक्यू उपनामले पनि चिनिने सशस्त्र समूहका नेता जिमी सेरेजिअरले प्रधानमन्त्रीलाई पद च्युत गर्नका लागि सङ्गठित हमला गरिने घोषणा गरेका छन् । राजधानी पोर्ट–अ–प्रिन्समा गराइएका थुप्रै नरसंहारमा उनको संलग्नता रहेको ठानिन्छ । संयुक्त राष्ट्रसङ्घले ज्यानुअरीमा बताएअनुसार गत वर्ष हेइटीको हिंसाबाट ८,४०० जनाभन्दा बढी व्यक्ति पीडित भएका थिए । त्यसमा मृत्यु, घाइते र अपहरण लगायतका घटना थिए । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा दोबरले बढी हो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top