आज सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड !

२२ फागुन ८०, मंगलबार
Share this
769shares

२२ फागुन, काठमाण्डौ ।
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको छ।

Advertisement

यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो।अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Advertisement

सोमबार चाँदी प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top