NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

सेयरमा सिरियस अर्थमन्त्री ,ढुक्कले लगानी गर्नु

सोमवार फाल्गुन २८ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
सेयरमा सिरियस अर्थमन्त्री ,ढुक्कले लगानी गर्नु

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अर्थ मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै । तस्बिर : प्रदीपराज वन्त / रासस

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ फागुन , काठमाण्डौ ।

आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता समेत संसदमा टेबल भइसकेको अवस्थामा अर्थमन्त्रालयको दोस्रो पटक जिम्मेवारी सम्हाल्ने अवसर पाएका अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारमा सुधारका लागि नीतिगत कदम चाल्ने संकेत गरेका छन् । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सेयर बजारका लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका मन्त्री पुनले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नियामक निकायसँग सुझाव मागेका छन् ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेका छन् । सुझाव ७ दिनमा पठाउन भनिएको छ । ‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

मन्त्री पुनले बोर्ड, नेप्से, सिडिएससीसँग सुझाव मागेको भएपनि ब्रोकर, लगानीकर्तासँग भने सुझाव मागेका छैनन् । बजार सुधारका लागि बोर्ड, नेप्से, सिडिएससीसँगै लगानीकर्ता, ब्रोकरको सुझाव पनि महत्वपूर्ण हुने लगानीकर्ता बताउँछन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेलगत्तै सेयर बजारमा भएका नीतिगत विषयलाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् ।

गत बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जानकारी गराएका थिए । मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने जानकारी गराए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने उनको तर्क छ । ‘सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ ।

सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू, सेयर होल्डरहरू रहेको अवस्था छ’ उनले भनेका थिए ‘यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।’ पुनले अर्थमन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ ।

लगानीकर्ताले माओवादी नेतृत्वलाई अनुदार मान्दै आएको पृष्ठभूमि र दुई वर्षयता नेप्से १८,०० र २,००० विन्दुमा घुमिरहेको पृष्ठभूमिमा अर्थमन्त्री पुनमाथि बजारमा सुधारको कदम चाल्नु पर्ने दबाव छ । बजारप्रति नरम भनिने नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत ११ महिना अर्थ मन्त्रालय सम्हाल्दा सुधारका कदम चाल्न नसकेर लगानीकर्तामाझ आलोचित भएकामा पुनले जस लिने चाहेको पनि देखिन्छ ।

उनले अर्थतन्त्र चलायमान बनाउन मात्र नभएर, सेयर बजारमैत्री नीतिका लागि गर्भनर महाप्रसाद अधिकारीसंग पनि छलफल थालिसकेका छन् । दोस्रो पटक अर्थमन्त्री बनेका पुनलाई बजारले स्वागत गरिसकेको छ । उनी बुधबार अर्थमन्त्रीमा नियुक्त भएका थिए । त्यो दिन उतारचढाव देखिएको बजार अर्थमन्त्रीमा पुन आउने निश्चित भएपछि अन्तिम क्षणमा ९.३३ अंकले बढेको थियो ।

नेप्से त्यसको भोलिपल्ट विहीबार १३.५१ र आइतबार २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा पुगेको थियो । आफू आएपछि नेप्से लगातार बढ्नुलाई मन्त्री पुनले पनि लगानीकर्ताले गरेको भरोसामा रुपमा लिएका छन् । गठबन्धनको समीकरण परिवर्तनलाई भने बजारले अत्याधिक स्वागत गरेको थियो । फागुन २१ गते तेस्रो पटक सकारात्मक सर्किट लागेर ११७ अंकले बढेर बजार बन्द भएको थियो ।

Tags: #सेयर बजार सुधार्न कस्सिए वर्षमान#सेयरमा सिरियस अर्थमन्त्री

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.