NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

पुटिनलाई चुनावमा चुनौती दिनेहरु कस्ता छन् ?

मङ्लबार फाल्गुन २९ , २०८०
Reading Time: 1 min read
A A
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ फागुन ,एजेन्सी ।

युक्रेनमा युद्ध जारी राखेको रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप ६ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन ।

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उमेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर संकलन गर्दै उमेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उमेदवारी अस्वीकृत भएको छ ।

LS Auto

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् ।

तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् । क्रेमलिनका आलोचकहरूले यी तीन उमेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् ।

स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौँ कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् ।

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उनकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।

गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौँ समर्थकले सरकार विरोधी नारा लगाएका थिए । नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उनकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेकी छन् ।

निर्वाचनको परिणाममा कुनै शका नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ ।

युक्रेनमा रूसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकोले नेता पुटिन अहिले सहज स्थितिमा रहेका छन् । कीएभका लागि पश्चिमी समर्थन र रूसविरूद्धको व्यापक प्रतिबन्धहरूको बावजुद रूसी अर्थव्यवस्था लचिलो सावित भएको छ।

पुटिनले हालैका हप्ताहरूमा सञ्चारमाध्यममा उपस्थिति बढाएका छन् । विद्यार्थीहरूलाई भेटेका छन् । कारखानाहरूमा पुगी श्रमिकहरूको मन जित्ने कोसिस गर्दै उनीहरूको लाभका लागि व्यापक आश्वासन दिएका छन् ।

गत महिना ‘स्टेट अफ द नेसन’को भाषणमा राष्ट्रपति पुटिनले विद्यालय र पूर्वाधारको आधुनिकीकरण, गरिबी निवारण, वातावरण संरक्षण र प्रविधिको विकासका लागि अर्बौं रुबल प्रदान गर्दै बजेट प्रतिबद्धताको लामो शृङ्खलाको घोषणा गरेका थिए ।

कम्तीमा सन् २०३० सम्मका लागि सरकारको योजना सार्वजनिक गरिएको सम्बोधनमा पुटिनले रूसको एकता र विकासमा जोड दिएका छन् ।

यद्यपि युद्धपछि पनि रूसी अर्थव्यवस्था अपेक्षा गरेभन्दा सहज अवस्थामा देखिएको भए पनि धेरै रूसीहरू युक्रेनविरूद्धको अभियानले उत्पन्न अस्थिरताको बारेमा चिन्तित छन् भने विशेष गरी खाद्यान्नलगायत उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति चिन्तित छन् ।

युक्रेन युद्धमा हजारौँ युवा लडिरहेका वा मृत्यु भएका कारण श्रमको अभाव बढेको छ भने लाखौँ अन्य मानिसहरू द्वन्द्वको विरोध गरेका कारण वा सैन्य सेवाबाट बच्न विदेश पलायन भएका छन् ।

आफ्ना प्रियजनलाई मोर्चाबाट फर्कन दिइयोस् भन्ने माग गर्दै आएका सैनिकका पत्नीहरूले हालैका महिनाहरूमा गरेको प्रदर्शनमा अधिकारीहरूले निकै कडाइ गरेका छन् ।

देशभरि देशभक्तिका पोस्टरहरू टाँसिएको छ, जसमा रूसीहरूलाई मतदान गर्न आह्वान गरिएको छ । चुनावी पोस्टरमा युक्रेनमा रूसी सेनाले प्रयोग गरेको ‘भी’ चिन्ह र ‘सँगै हामी बलियो छौँ’ भन्ने नारा छापिएको छ र भनिएको छ, “आउनुहोस् रूसको लागि मतदान गरौँ ।”

पुटिनले गत डिसेम्बरमा मतदानमा सम्भावित ‘विदेशी हस्तक्षेप’ बारे चेतावनी दिँदै ‘कडा प्रतिक्रिया’ दिने प्रतिवद्धता जनाएका थिए । गत साता रूसी प्रशासनले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर अमेरिकी आर्थिक सहयोगमा सञ्चालित गैरसरकारी संस्थाहरूले निर्वाचनबारे ‘गलत सूचना फैलाएको’ आरोप लगाएको थियो ।

जारी द्वन्द्वका बीच रूसी अधिकारीहरूले सामान्य अवस्था प्रस्तुत गर्न खोजेको विरोधाभासको सङ्केतको रूपमा युक्रेनको रूसी नियन्त्रित क्षेत्रहरूमा मतदान हुनेछ । रूसले सन् २०२२ मा युक्रेनका चार क्षेत्रलाई एकतर्फी रूपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो।

अहिले रूसी कब्जामा लिइएका स्थानीय बासिन्दालाई धम्की र हिंसाको सिकार बनाइँदैछ र उनीहरूलाई मतदान गर्न बाध्य पारिदै गरिएको आरोप कीएभले लगाएको छ ।

मस्कोले मतदानका लागि अनावश्यक दमन र हिंसाको खेल खेलिएको भन्ने युक्रेनी आरोपको खण्डन गर्दै आएको छ । युक्रेनमा तैनाथ रुसी सैनिकले तत्काल रूसी निर्वाचनका लागि मतदान गर्ने वातावरण भने देखिएको छैन ।

Tags: #पुटिनलाई चुनावमा चुनौती#रुसमा शुक्रबारदेखि राष्ट्रपतिको निर्वाचन

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.