बयानपछि चौधरीः ‘मैले चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’

७ चैत ८०, बिहीबार

८ चैत , काठमाण्डौ ।
विश्वकै धनाढ्यहरुको सूचीमा समेत रहेका नेपालका एक्ला अर्बपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा आज सरकारी वकिलको कार्यालयले बयान दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीका अनुसार सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा चौधरीसँग बयान लिइएको हो ।

सीआईबीले बुधबार मात्रै चौधरीबारे छानबिन भइरहेको विषयमा संसद् सचिवालयमा पत्र पठाएको थियो । त्यसको भोलिपल्ट बिहानै सीआईबीले बोलाएपछि चौधरी बयानका लागि सरकारी वकिलको कार्यालय पुगेका हुन् । तत्कालीन बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चौधरीको स्वामित्व रहेको सिजी चाँदबाग रेसिडेण्सीमा पुगेको छ ।

यसअघि बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो । अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो ।

Advertisement

तर उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन् । गृहमन्त्री रवि लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउन विनोद चौधरीसहितका आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन सीआईबीलाई निर्देशन दिएका थिए । त्यसो त प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संसद्मा बोल्दै आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गरिसकेका छन् ।

यसैबीच आज विहान बयान दिइसकेपछि संचारमाध्यमहरुलाई प्रतिक्रिया दिदै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । ‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन,’ बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

उनले भने, ‘सांसदको रूपमा उद्यमीको रूपमा मैले सिआइबीलाई बयान दिएको छु । सिआइबीले मलाई मौखिक रूपमा बयान लिने जानकारी गराएको थियो मैले आफ्नो कुरा राखेर आएको छु । यो जटिल परिस्थितिमा मजत्तिको मान्छेले यहाँ उभिएर यो भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दो हो? मेरो ४५ वर्षे यात्राको चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन । खासगरी स्टन्टबाजी गर्नेहरूलाई । व्यवसायीलाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्छ।’

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top