×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

ललितपुरमा ग्याङ फाइटः दुई युवाको ज्यान गयो

१२ चैत्र २०८०

१२ चैत , काठमाण्डौ ।

ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा २८ वर्षीय रोवस राई र ३० वर्षीय पुजन राईको हत्या आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । होली खेल्ने क्रममा उत्पन्न विवादका कारण चक्कु प्रहारबाट राईद्वयको हत्या गरिएको खुलेको छ । रेवसको तिघ्रा र पुजनको छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले थप सोधपुछ जारी राखेको छ ।

Advertisement
Advertisement

रोवसको शव पाटन अस्पताल र पुजनको शव सुमेरु अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले ज्यान गुमाएका व्यक्ति र आरोपित सबै एकापसमा चिनजानकै युवा रहेका बताए । युवा र रेस्टुरेन्ट सञ्चालकका दुई समूहबीच झडप भएको हो । चक्कु प्रहारलगत्तै केही युवक फरार भएका थिए ।

सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पु¥याएको खुलेको छ । अस्पताल पु¥याइएलगत्तै चिकित्सकले रोवस र पुजनलाई मृत घोषणा गरेका थिए । घटना विजय राईको पपिना रेस्टुरेन्टमा भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको छ । उनीबाहेक थप १७ जनालाई प्रहरी वृत्त चापागाउँको टोलीले नियन्त्रणमा लिएको हो ।

मदिरा सेवन गर्न रेस्टुरेन्ट पुगेका युवा र सञ्चालकबीच विवाद हुँदा घटना भएको प्रहरी स्रोतको भनाइ छ । चक्कु प्रहार गर्ने विजय राई नै रहेको प्रहरीको दाबी छ । उनीहरूबीच पुरानो केही रिसइबी पनि देखिएको छ । प्रहरीका अनुसार, आइतबार राति ९ बजेतिर घटना घटेको थियो । घाइतेलाई राति करिब ११ बजे मात्र अस्पताल पु¥याइएको थियो ।

Advertisement
Advertisement

घटना शंकास्पद देखिएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै ललितपुर प्रहरीका एसएसपी खनाल समेत घटनास्थलमा पुगेका थिए । घटनामा चक्कु प्रहार गर्ने र अरू व्यक्तिको भूमिकाबारे अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top