नेपालमै हाइड्रोजन उत्पादन , केयूले रच्यो इतिहास

१८ चैत , काठमाण्डौ ।

इन्धनका लागि पूर्णरुपमा परनिर्भर रहेको नेपालमा पहिलो पटक इन्धनका रुपमा प्रयोग गर्ने गरी हाइड्रोजनको उत्पादन गरिएको छ । यो सफलता काठमाडौं विश्वविद्यालय (केयू)ले हासिल गरेको हो । काठमाडौं विश्वविद्यालयले आइतबार आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो । गत कात्तिकमै केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी नेपाल भित्र्याएको थियो ।

Advertisement

हाइड्रोजन गाडीसँगै त्यतिबेला केयूले रिफ्युलिङ स्टेसन पनि नेपाल भित्र्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा. विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताएका छन् । उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो ।

“हाम्रो डिजाइनमा बनेको रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरेका छौँ । उनले यसले दैनिक बढीमा दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नसक्ने बताएका छन् । उनले दैनिक ३० किलोग्रामसम्म हाइड्रोजन उत्पादन गर्नसक्ने रिफ्युलिङ स्टेसन बनाउन सकिने बताएका छन् । केयूसँग रहेको गाडीले ६ किलोग्राम हाइड्रोजनबाट साढे ६ सय किलोमिटर दुरीको यात्रा गर्न सकिन्छ ।

“दैनिक ३० देखि ४० वटा गाडी रिफ्युल गर्नसक्ने व्यावसायिक किसिमको स्टेसनको डिजाइन हामीले गरेका हौँ । यसका लागि निजी क्षेत्रसँग पनि छलफल गरिरहेका छौँ,” प्रा.डा. थापाले भनेका छन् । पेट्रोलियमपछि विद्युतीय गाडीको प्रयोग अहिले व्यापक बढ्दो छ । फ्युल सेलमा हाइड्रोजनले अक्सिजनसँग प्रतिक्रिया गरी उर्जा प्रदान गर्छ र पानीलाई बाइप्रोडक्टका रूपमा फाल्छ ।

त्यसैले हाइड्रोजन अझै स्वच्छ इन्धन मानिन्छ । विद्युत्को माध्यमबाट पानीबाट अक्सिजन छुट्याएर अर्थात् इलेक्ट्रोलिसिस गरी हाइड्रोजन उत्पादन गरिन्छ । जिवाश्म इन्धन र बायोमासबाट पनि हाइड्रोजन उत्पादन गर्न सकिन्छ । नेपालमा व्यावसायिक रूपमा हाइड्रोजनको उत्पादन गर्दै इन्धन, मल बनाउन एवं अन्य औद्योगिक प्रायोजनका लागि प्रयोग गर्नतर्फ पहल गर्नुपर्ने डा. थापाको भनाइ छ ।

 

हाइड्रोजन उत्पादनका योजनाहरु काठमाडौंसँगै पोखरा, हेटौंडा भरतपुर लगायतका शहरहरुमा समेत निर्माण गर्न सकिने थापाको भनाइ छ । हाइड्रोजनबाटै ठूला ढुवानीका सवारी संचालन गर्ने योजनामा समेत विश्वविद्यालय रहेको छ । अहिले विश्व बजारमा औसत हाइड्रोजनको मूल्य प्रतिकिलो ५ अमेरिकी डलर छ ।

एक किलोग्राम हाइड्रोजनले २ सय किलोमिटरसम्म चल्छ । नेपालमा कति लाग्छ भन्ने कुरा एकीन छैन् । थापा अनुसार अनुसार नेपालमा ५ डलरभन्दा तलमा हाइड्रोजन निकाल्न सकिने अनुमान छ । तर यो राज्यको राज्यको नीतिमा भर पर्दछ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top