बाबर आजम फेरि बने पाक टिमको कप्तान

१७ चैत ८०, आइतबार

१८ चैत , एजेन्सी ।

पाकिस्तानी क्रिकेट टिमको कप्तानमा बाबर आजमले फेरि जिम्मेवारी पाएका छन् । आइतबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई टी२०आई र ओडीआईका लागि कप्तान नियुक्त गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले सेलेक्शन कमिटीको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन् ।

टेस्ट टीमको कप्तान भने शान मसूद नै रहने छन् । यसै वर्षको सुरुमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले निराशाजनक प्रदर्शन गरेपछि बाबरलाई कप्तानीबाट हटाइएको थियो । तर, हालै पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग प्रतियोगितामा बाबरले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई फेरि कप्तान बनाइएको हो ।

त्यसो त बाबरलाई हटाएर फास्टबलर शाहिन शाह अफ्रिदी अस्ट्रेलिया र न्युजील्यान्ड भ्रमणका लागि कप्तान बने पनि उनको प्रदर्शन विर्सनलायक बनेको थियो । त्यसपछि पीएसएलमा पनि अफ्रिदीले निराशाजनक प्रदर्शन गरेपछि उनलाई कप्तानीबाट हटाउनुपर्ने आवाज उठ्न थालेको थियो ।

आफूलाई जानकारी नै नदिएर कप्तानीबाट हटाइएपछि अफ्रिदी असन्तुष्ट बनेको जनाइएको छ । आगामी अप्रिलमा न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्दै छ । जसमा पाकिस्तानी टिमको कप्तानी बाबर आजमले गर्नेछन् । पाकिस्तानको टोलीले पछिल्लो वर्षहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

वल्र्ड कप २०२३ मा पाकको टोली समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तानले ९ मा मात्रै ४ म्याचमात्रै जितेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top