फोहोर व्यवस्थापनमा बालेनको पहल, सरकारले सघाउने

१९ चैत ८०, मंगलबार

२० चैत ,काठमाण्डौ ।
निर्वाचन अघि र मेयरमा निर्वाचित भएपश्चात समेत काठमाडौं महानगरको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अझै पनि फोहोर व्यवस्थापनाको दीर्घकालीन समाधान खोज्न तल्लीन छन् ।

बालेनले यसका लागि रणनीतिक योजनासहित सरोकारवाला र डम्पिङ साइटका स्थानीयसँग पटक पटक छलफल गरिसकेका छन् । पछिल्लो समय बालेनले शहरी विकास मन्त्रालयसँग समन्वय गरेर फोहोर व्यवस्थापन गरिने सहमति जुटाएका छन् ।

अब काठमाण्डौं महानगरपालिका र शहरी विकास मन्त्रालयले काठमाण्डौंको फोहोर व्यवस्थापनमा सहकार्य गर्ने छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालय पुगेका काठमाण्डौंका मेयर बालेन्द्र शाह र शहरी विकासमन्त्री धनबहादुर बुढाका बीचमा भएको भेटमा यस्तो छलफल भएको हो ।

Advertisement

नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा मन्त्रालय र महानगरले सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको बताइएको छ ।

उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा मन्त्री बुढा र काठमाण्डौंका मेयर शाहका बीच छलफल भएको हो ।

तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन गर्ने किसिमले बन्चरे डाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा मिलेर अघि वढ्न शाहसँग मन्त्री बुढाले मेयर शाहसँग प्रस्ताव गरेका थिए ।

मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेकाले सहयोग गर्न आग्रह गरेका थिए ।

भेटमा मेयर शाहले बन्चरे डाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताएका थिए ।

मन्त्री बुढाले बन्चरे डाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।

मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिका भित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझाव समेत मागेका थिए ।

जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर मात्र अघि बढ्न मन्त्री बुढालाई सुझाव दिएका छन् ।

छलफलमा मेयर शाहले काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाईओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top