मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१९ चैत ८०, मंगलबार

२० चैत ,विराटनगर ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मधेसा अनुगमन कार्यालय, सुनसरी अन्तर्गतका शाखा कार्यालयहरु मधेसा र लौकही, सुनसरीले १५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

Advertisement

इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामासंस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय साक्षरता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय जागरण गराउने कार्यक्रमको उद्धेश्य रहेको मधेसा अनुगमन कार्यालयका प्रमुख सागर भण्डारीले बताए ।

Advertisement

त्यस्तै वित्तीय साक्षरता तालिममा ग्राहक सदस्यलाई बचतको महत्व, कर्जाको उपयोगिता, विमा, रेमिटान्स, आधुनिक बैंकिग प्रणालीको विकास सगै बढ्दो बैकि∙ं जालसाझी बारेजानकारी गरिएको थियो ।

उत्त कार्याक्रममा उत्कृट समुह जमानी मार्फत संस्था सगं वित्तीय कारोबार गर्ने केन्द्रहरुलाई समेत पुरुस्कृत गरिएको संस्थाले जनाएको छ । सो कार्यक्रम भोक्राहा नरसिह गाउँपालिकाको उपमेयर सुनिता कुमारी उराउ र इनरुवा नगरपालिका वडा नं ६ को वडाध्यक्ष सुमन थापा बिशेष आतिथ्यता रहेको थियो ।

Advertisement

उहाहरुलेसंस्थाहरुले जनताको घरदैलोमा पुगेर सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरिरहेकोमा शुभकामना ब्यक्त गरेका थिए । मेरोमाइक्रफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ७ वटै प्रदेशमा १४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top