६३६ अर्ब लागतका मेगा प्रोजेक्ट अघि बढे, संसारकै लामो केबलकारदेखि मेट्रो र मोनो रेलसम्म

३० भदौ ७५, शनिबार
Share this
720shares

काठमाडौं,भदौ ३०
एकै पटक ६३६ अर्ब रुपैंयाँ लागतका तीन वटा मेगा प्रोजेक्टहरुको काम अघि बढेको छ । बुधबार संसारकै सबैभन्दा लामो ८३.६५ किलोमिटर लामो केबलकारको डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ३५ करोड अमेरिकी डलर अर्थात करिब ४० अर्ब लागत पुर्वानुमान गरिएको केबलकारको डीपीआरका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबीच सम्झौता भएको हो । आगामी १८ महिनाभित्र डीपीआर निर्माण हुनेछ ।

Advertisement

बिहिबार २८ किलोमिटर लामो चक्रपथमा मोनोरेल निर्माणको प्रारम्भिक अध्ययन रिपोर्ट सार्वजनिक भयो र ६ महिनाभित्रै डीपीआर बनाउने भनिएको छ । मोनोरेलको लागत ११६ अर्ब पूर्वानुमान गरिएको छ । चीनियाँ कम्पनी सिसिआरसीले मोनोरेलको डीपीआर निर्माण गर्नेछ । कामाठडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबीच ३ बर्षभित्र मोनोरेल बनाउने सहमति भैसकेको छ । बिहिबार नै नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लम्बाईको मेट्रोरेलको डीपीआर तयार पर्न आवेदन दिएका ६ वटा कम्पनीहरु प्रारम्भिक छनौटमा पर्न सफल भए ।

लगानी बोर्डले प्रारम्भिक सम्भाव्यता अध्ययन सकेर मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो ।

Advertisement

आशयपत्र पेश गरेर संक्षिप्त सुचिमा चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन् । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top