×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

दीपेन्द्रले इतिहास रचे,नेपाल अपराजितसँगै शीर्षस्थानमा

२ बैशाख २०८१

२ वैशाख , काठमाण्डौ।

ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दुई जित हासिल गरेको छ । हिजोको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।

Advertisement
Advertisement

नेपालले अब भोलि वैशाख ३ गते हङकङसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डो¥याउन सकेनन् ।

उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए । मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए । नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २–२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १–१ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् ।

युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए । उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रले यसअघि चीनमा भएको एसियन गेममा मंगोलियाविरुद्धपनि ६ बलमा ६ छक्का प्रहार गरेका थिए । नेपालका लागि ओपनर आसिफ शेखले पनि ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । त्यस्तै कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ ।

Advertisement

सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका छन्।दीपेन्द्रले २०औँ ओभरमा कमरान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले एशियाडमा मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top