के फेरि यातायातमा सिण्डिकेट ब्युँतिने हो ?

३ बैशाख ८१, मंगलबार

४ वैशाख ,काठमाण्डौ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई ५ वर्षका लागि प्रतिबन्ध फुकाउन सिफारिस गरिएको विवादास्पद प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि फेरि यातायात सिण्डिकेट ब्युँतिने हो कि भन्ने त्रासमा यातायात व्यवसायी नै परेका छन् ।

अन्तिम निर्णयका लागि मन्त्रालयले पत्र लेखिसकेको अवस्थामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताएका छन् । उनले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरुले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैल्याएको दाबी उनले गरेका छन् ।

यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको उनले बताएका छन् । उनले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तिब्रतालाई स्वागत गर्ने बताए ।

उनले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । उनले यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित अन्य प्रतिनिधिहरु गएर गृह सचिवलाई पत्र बुझाएको बताएका छन् ।

उनले यातायाता व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेट भन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताए । उनले १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताएका छन् ।

५ वर्षका लागि प्रतिबन्ध फुकाउन सिफारिस गरिएको विवादास्पद प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गृह मन्त्रालयमा पठाउने निर्णय गरेका छन् । पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ११ माघ २०७९मा गठित यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले सम्पत्ति र दायित्व फरफारक गर्न यातायात समितिलाई ५ वर्षको समय दिनुपर्ने सिफारिस गरेको थियो ।

सो प्रतिवेदनले यातायात समितिहरु ब्युँतिएर सडकमा कमजोर भएको सिन्डिकेट पुनः ब्युँताने भन्दै आलोचना भइरहँदा नवनियुक्त यातायातमन्त्री महासेठले प्रतिवेदन कार्यान्वयनका लागि पठाएका हुन् । २४ वैशाख २०७५मा तत्कालीन अवस्थामा यातायातमन्त्री रहेका महासेठले नै पत्रकार सम्मेलन गरेर यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य भएको घोषणा गरेका थिए ।

तर, अहिले यातायात मन्त्रालयमा फर्किए लगत्तै उनले सिन्डिकेट अन्त्य गर्न सिफारिस भएको विवादास्पद प्रतितवेदन कार्यान्वयन गर्न भन्दै गृहमा पठाएका हुन् । अब यातायात समितिको सिन्डिकेट ब्युँताउने कि नब्युँताउने भन्ने अन्तिम निर्णय गृहमन्त्री रबि लामिछानेले लिनुपर्नेछ ।

वैशाख २०७५ मा नै सिन्डिकेट अन्त्यको घोषणा गरेको सरकारले यातायात कम्पनीमा दर्ता गर्दा संघ संस्था दर्ता ऐन अनुरुप दर्ता रहेका समितिलाई संगठित रुपमै कम्पनीमा रुपान्तरण गर्न बाटो खोलिदिएको थियो । त्यसपछि यातायात समितिमार्फत भइरहेको सिण्डिकेट कम्पनीमा सरेको थियो ।

सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि बसपार्कहरूको व्यवस्थापन, रुट अध्ययन, ई–टिकेटिङ, राजमार्गअनुसार गाडी संख्या निर्धारण, दुर्घटना बीमा, क्षतिपूर्ति, समितिहरुको सम्पत्ति सम्बन्धी विषयलाई अन्योलमै छाडेको छ । अब गृहमन्त्री रबि लामिछानेले प्रतिवेदन हुबहु कार्यान्वयनमा लगेमा यातायात समितिहरुको सहमतिविना अन्य व्यवसायीले चाहेअनुसार रुट पर्मिट लिन पनि पाउने छैनन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top