×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले दुईै तला छेड्यो

५ बैशाख २०८१

५ वैशाख , एजेन्सी ।

अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले अमेरिकाको फ्लोरिडामा एक घरको छत हुँदै दुई तला छेडेको छ । उक्त वस्तु अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट गत महिना खसेको पुष्टि भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त वस्तु आईएसएसको हिस्सा भएको पुष्टि गरेको हो ।

Advertisement
Advertisement

नासाले उक्त वस्तु करिब २ हजार ६३० किलोग्राम तौल भएको हार्डवेयरको टुक्रा भएको बताएको छ । आईएसएसमा नयाँ लिथियम–आयन ब्याट्री जडान गरेपछि सन् २०२१ को मार्चमा उक्त वस्तु फालिएको थियो । त्यो हार्डवयर गत मार्च ८ मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला पूर्णरुपमा जलेर नष्ट होला भन्ने अपेक्षा थियो ।

तर त्यसको एक टुक्रा वायुमण्डलबाट समेत जोगिएर खसेपछि फ्लोरिडाको नेपल्स स्थित एक घरमा क्षति गरेको हो । घरधनी अलेजान्ड्रो ओटेरोले परिवारका सदस्य कसैलाई पनि केही नभएको बताएका छन् । उनले नै नासालाई खबर गरेका थिए । करिब ७०० ग्रामको उक्त वस्तु मिश्रत धातु इन्कोनेलबाट बनेको बताइएको छ ।

Advertisement
Advertisement

यसले उच्च तापक्रम, चाप, वा मेकानिकल लोडजस्ता चरम अवस्थाको सामना गर्नसक्छ । पछिल्ला वर्षहरूमा हजारौँको संख्यामा अन्तरिक्षयानहरू प्रक्षेपण भइरहेका छन् । त्यसबाट अन्तरिक्षमा सिर्जित प्रदूषणले त्यहाँ मात्रै नभएर पृथ्वीसम्म क्षति गर्नसक्ने यो घटनाले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top