श्रेयस ऐयरलाई १२ लाख जरिवाना

४ बैशाख ८१, बुधबार

५ चैत , काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐयरलाई पनि १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।

Advertisement

यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि १२ लाख भारु अर्थात १९ लाख २४ हजार रुपैयाँ जरिवाना लागेको थियो । दुवैलाई स्लो ओभर रेट अर्थात (निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि) जरिवाना गरिएको हो ।

पन्त चेन्नई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेटका कारण जरिवानामा पर्दा हिजो मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्लो ओभर रेटका कारण ऐयर कारबाहीमा परेका हुन् ।

Advertisement

यस्तै स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिल पनि तेस्रो कप्तान हुन् । गिल चेन्नईविरुद्ध नै कारबाहीमा परेका थिए ।

मंगलबारको खेलमा कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

Advertisement

जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए । त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाएका थिए । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top