×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

दुई सय एक ठाउँमा सक्रिय डढेलो, देशैभर वायु प्रदुषण

९ बैशाख २०८१

९ वैशाख ,काठमाण्डौ । 

एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार शनिवार एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८÷१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो ।

Advertisement

अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ । डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ ।

स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन कठिन छ । उता, अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। शुक्रबारदेखि सामुदायिक वनमा लागेको डढेलो शनिबार वस्तीमा फैलिएको थियो। गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतलका अनुसार सितगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनम डढेलो सल्किएको थियो। आगलागीबाट स्थानीयका २० घर र २१ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक रावतलले बताए। त्यो आगलागीबाट ११ खसी बाख्रा र ६ वटा भैंसीपनि जलेर मरेको प्रहरीले बताएको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको विवरण संकलन हुन बाँकी छ। प्रहरी निरीक्षक रावतले शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मी लगाएका पहाडी जिल्लाहरुमा चलेको तीव्र हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो।

डडेलोमा परी ७५ वटा चौपाया मरेको एसपी राजन भुजलेले जानकारी दिए । आगलागीबाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ । वन जंगलमा आगलागीको कारण खोजी भइ रहेको प्रहरीले बताएको छ। वन जंगलमा लागेको डढेलो तीव्र गतिको हावाहुरीका कारण बस्तिसम्म आइपुग्दा त्यसले ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको प्रहरीले बताएको छ।

केही दिन अघि मात्रै वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयले सिसी क्यामेरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामेरा राख्न सुरु गरिएको हो। चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ ।

मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top