NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

दुई सय एक ठाउँमा सक्रिय डढेलो, देशैभर वायु प्रदुषण

आइतवार बैशाख ९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
दुई सय एक ठाउँमा सक्रिय डढेलो, देशैभर वायु प्रदुषण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

९ वैशाख ,काठमाण्डौ । 

एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार शनिवार एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८÷१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो ।

अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ । डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ ।

स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन कठिन छ । उता, अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। शुक्रबारदेखि सामुदायिक वनमा लागेको डढेलो शनिबार वस्तीमा फैलिएको थियो। गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतलका अनुसार सितगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनम डढेलो सल्किएको थियो। आगलागीबाट स्थानीयका २० घर र २१ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक रावतलले बताए। त्यो आगलागीबाट ११ खसी बाख्रा र ६ वटा भैंसीपनि जलेर मरेको प्रहरीले बताएको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको विवरण संकलन हुन बाँकी छ। प्रहरी निरीक्षक रावतले शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मी लगाएका पहाडी जिल्लाहरुमा चलेको तीव्र हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो।

डडेलोमा परी ७५ वटा चौपाया मरेको एसपी राजन भुजलेले जानकारी दिए । आगलागीबाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ । वन जंगलमा आगलागीको कारण खोजी भइ रहेको प्रहरीले बताएको छ। वन जंगलमा लागेको डढेलो तीव्र गतिको हावाहुरीका कारण बस्तिसम्म आइपुग्दा त्यसले ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको प्रहरीले बताएको छ।

केही दिन अघि मात्रै वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयले सिसी क्यामेरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामेरा राख्न सुरु गरिएको हो। चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ ।

मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

Tags: #दुई सय एक ठाउँमा सक्रिय डढेलो#देशभरको वायु प्रदुषण

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.