रविलाई बदनाम गर्ने प्रयासको भिडियोबारे बोल्यो साइबर ब्यूरो

१२ बैशाख ८१, बिहीबार

१३ वैशाख , काठमाण्डौ ।
गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले भिडियोमा कुनै सत्यता नरहेको साइबर ब्यूरोले बताएको छ ।

Advertisement

फेक एकाउन्ट संचालन गरी अश्लील सामग्री पोष्ट गरी हैरानी दिएको सम्बन्धमा उजुरी परेपछि । गणेशमान सिंह ठकुरीलाई अनुशन्धानका लागि बोलाएकामा उनका साथीले आफूलाई तनाव भई गएको भनेर ब्यूरोमा खबर गरेपछि उनीसँग सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारका लागि वीर अस्पताल पठाइएको ब्यूरो विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

 

ब्यूरोले यसरी अस्पताल पठाइएका ब्यक्तिले अस्पतालकै बेडबाट आम नागरिकमा भ्रम सृजना हुने गरी आफ्नो अपराधिक क्रियाकलापको अनुशन्धानमा बाधा पुर्याउने उद्धेश्य राखी सामाजिक संजालमा राखिएको भिडियोमा कुनै सत्यता नरहेको ब्यूरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताएका छन् ।

Advertisement

उनले विज्ञप्तिमार्फत यस्ता भ्रमणपूर्ण भिडियो प्रचार प्रसार गरेको पाइएमा कानून वमोजिम कारवाही गर्ने समेत बताएका छन् । युवकले भने भिडियोमा केही महिनाअघि रवि लामिछानेलाई आफूले सहकारी ठग भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको र त्यही विषयलाई लिएर मंगलबार ब्युरोले आफूलाई बोलाएको बताएका छन् ।

उनका अनुसार प्रहरीले बुधबार मोबाइल लिएर आउनु भनेपछि उनी ब्युरो पुगेका थिए। प्रहरीले वर्षौसम्म जेलमा कोच्ने भनेर थर्काएपछि आफूले ब्युरो परिसरमै औषधि सेवन गरेको दाबी गरेका छन् । ठकुरीको सामाजिक सञ्जालमा आफूलाई पत्रकारका रूपमा उल्लेख गरेको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top