२१ वैशाख , एजेन्सी ।
वैज्ञानिकहरुका लागि सबैभन्दा चासोको केन्द्र बनेको चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
अनुसन्धान संस्था इसरोको स्पेस एप्लिकेशन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी–आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा यो अध्ययन गरेको खबरमा उल्लेख छ । अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ ।
इसरोका अनुसार चन्द्रमाको उत्तरी ध्रुवमा दक्षिण ध्रुवको तुलनामा दोब्बर बरफ छ । सतहबाट बरफ बाहिर निकाल्न सकेमा चन्द्रमामा पुग्ने मानिसहरू लामो समयसम्म त्यहाँ रहन सक्ने भन्दै इसरोले यसबाट विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू लाभान्वित हुने बताएको छ । चन्द्रमाको दुवै ध्रुवमा हिउँको यो खजाना छ ।
वैज्ञानिकका अनुसार जमिनमा ड्रिल गरेर बरफ निकाल्न सकिन्छ । ताकि मानिसहरु भविष्यमा लामो समय सम्म चन्द्रमामा बस्न सकुन् । विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू यसबाट लाभान्वित हुनेछन् । चन्द्रमाको ध्रुवमा यो बरफ कहाँबाट आयो भन्ने प्रश्नको जवाफमा इसरोले यो इम्ब्रियन कालको कुरा भएको बताएको छ । त्यतिबेला चन्द्रमा बनिरहेको थियो ।
ज्वालामुखीवाद भन्नाले ज्वालामुखी गतिविधिबाट निस्कने ग्यास बिस्तारै लाखौं वर्षमा सतहमुनि बरफको रूपमा जम्मा भएको हो । वैज्ञानिकहरूले अमेरिकन लुनार रिकोनासेन्स अर्बिटर (एलआरओ) र चन्द्रयान–२ अर्बिटरबाट प्राप्त डाटाको विश्लेषण गरे । यो डाटा एलआरओको राडार, लेजर, अप्टिकल, न्युट्रोन स्पेक्ट्रोमिटर, अल्ट्राभाइलेट स्पेक्ट्रोमिटर र थर्मल रेडियोमिटरबाट लिइएको हो । ताकि चन्द्रमामा हिउँको पानीको उत्पत्ति, फैलावट र वितरण बुझ्न सकिन्छ ।