×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?

२१ बैशाख २०८१

२१ वैशाख , एजेन्सी ।

वैज्ञानिकहरुका लागि सबैभन्दा चासोको केन्द्र बनेको चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

Advertisement
Advertisement

अनुसन्धान संस्था इसरोको स्पेस एप्लिकेशन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी–आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा यो अध्ययन गरेको खबरमा उल्लेख छ । अध्ययनले चन्द्रमाको दुवै ध्रुवमा हिउँको मात्रा पहिलेको अनुमानभन्दा बढी रहेको पत्ता लगाएको छ ।

इसरोका अनुसार चन्द्रमाको उत्तरी ध्रुवमा दक्षिण ध्रुवको तुलनामा दोब्बर बरफ छ । सतहबाट बरफ बाहिर निकाल्न सकेमा चन्द्रमामा पुग्ने मानिसहरू लामो समयसम्म त्यहाँ रहन सक्ने भन्दै इसरोले यसबाट विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू लाभान्वित हुने बताएको छ । चन्द्रमाको दुवै ध्रुवमा हिउँको यो खजाना छ ।

वैज्ञानिकका अनुसार जमिनमा ड्रिल गरेर बरफ निकाल्न सकिन्छ । ताकि मानिसहरु भविष्यमा लामो समय सम्म चन्द्रमामा बस्न सकुन् । विश्वका धेरै अन्तरिक्ष एजेन्सीहरू यसबाट लाभान्वित हुनेछन् । चन्द्रमाको ध्रुवमा यो बरफ कहाँबाट आयो भन्ने प्रश्नको जवाफमा इसरोले यो इम्ब्रियन कालको कुरा भएको बताएको छ । त्यतिबेला चन्द्रमा बनिरहेको थियो ।

ज्वालामुखीवाद भन्नाले ज्वालामुखी गतिविधिबाट निस्कने ग्यास बिस्तारै लाखौं वर्षमा सतहमुनि बरफको रूपमा जम्मा भएको हो । वैज्ञानिकहरूले अमेरिकन लुनार रिकोनासेन्स अर्बिटर (एलआरओ) र चन्द्रयान–२ अर्बिटरबाट प्राप्त डाटाको विश्लेषण गरे । यो डाटा एलआरओको राडार, लेजर, अप्टिकल, न्युट्रोन स्पेक्ट्रोमिटर, अल्ट्राभाइलेट स्पेक्ट्रोमिटर र थर्मल रेडियोमिटरबाट लिइएको हो । ताकि चन्द्रमामा हिउँको पानीको उत्पत्ति, फैलावट र वितरण बुझ्न सकिन्छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top