×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान

२२ बैशाख २०८१

२२ वैशाख ,काठमाण्डौ ।

१० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो । उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले विदाई गरेका हुन् ।

Advertisement

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दैछ । नेपालले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो । विदाई कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए ।

उनले राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका लागि समेत खेलाडीहरुले संघर्ष गर्नु परिरहेको जनाए । उनले भने, ‘खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याएको छ । एक ठाउँमा उभिएको छ । सरकारका तर्फबाट तपाईंहरुले पाउनुपर्ने कयाँै कुरा पाउनुभएको छैन । एउटा राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका कुरा, आफूले पाएको र सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न समेत संघर्ष गर्नुपरेको अवस्थामा यो तपाईंहरुको बलले नै गर्नुभएको छ ।’

सन् २०१४ को विश्वकप हेरेर नै हामी उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै कप्तान रोहितकुमार पौडेलले अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए । उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए ।

सदस्यसचिव टंकलाल घिसिङले प्रतिवन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटले पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहो¥याउन कडा मिहेनत गर्ने खेलाडीलाई धन्यवाद दिए । उनले निरन्तर विश्व कप खेल्ने र एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।

सदस्यसचिव घिसिङले आगामी विश्व कपमा नेपाली टोलीको साथमा १२ औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका खेल्ने शुभकामना दिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्ष अगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए ।

क्यानका सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमले एउटा म्याच हार्दा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउने गरेको भन्दै हरेक पटक नै नयाँनयाँ टिम फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले नेपाली क्रिकेटका लागि यो राम्रो रहेको पनि उल्लेख गरे ।

सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । वेस्ट इण्डिज एका कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको विश्वास व्यक्त गरे । नेपाली टोली आज राति नै अमेरिका प्रस्थान गर्नेछ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top