×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा

२८ बैशाख २०८१

२८ वैशाख, काठमाण्डौ ।
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा झन्डै २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि मात्रै ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।

राष्ट्रपतिको कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले अर्थ मन्त्रालयले सो रकम भुक्तानी गर्नुपरेको हो । राष्ट्रपति पौडेलले एक प्रतिनिधिमण्डल लिएर फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी गरेका थिए । २०८० कात्तिक २२ देखि १० दिन युरोप घुम्ने उनको निर्धारित कार्यक्रम थियो ।

Advertisement
Advertisement

त्यसका लागि टिकटसमेत बुक भइसकेको थियो । तर, गत कात्तिक १७ गते जाजरकोटमा भूकम्प गएपछि राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए । भ्रमण कार्यक्रम रद्द भए पनि टिकटको पैसा भने रिफन्ड नहुने भएकाले अर्थ मन्त्रालयले ५५ लाख २२ हजार भुक्तानी गरेको हो । बजेटबाट रकमान्तर गरेर यो भुक्तानी गरेको मन्त्रालयले जनाएको छ ।

भूकम्पले ठूलो जनधनको क्षति गरेका बेला राष्ट्रपति पौडेल युरोप भ्रमणमा जान लागेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले आफ्नो युरोप भ्रमण रद्द गरेका थिए । त्यसपछि पनि भूकम्प प्रभावित क्षेत्रमा गएका थिए । यस्तै अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।

अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए । युगाण्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए । युगाण्डाबाट उनी कतारको दोहा हुँदै स्वदेश फर्किएका थिए ।

Advertisement

अर्थले सार्वजनिक गरेको विवरणमा उक्त रकम प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा आयोजित नामको १९औं शिखर सम्मेलनमा सहभागी भएको नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्च बापत भुक्तानी गर्ने प्रयोजनार्थ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको जनाइएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top