अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी

३० बैशाख ८१, सोमबार

३१ वैशाख , काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्कर पक्राउ परेका छन् । आइतबार ५ किलो सुनसहित दुई भारतीय युवा पक्राउ परेका हुन् । उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Advertisement

पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एसएसपी शर्माले बताए । सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङको अन्डवेयर, र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो अन्डवेयर, निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए । एसएसपी शर्माका अनुसार यसरी बरामद भएको सुन र अभियुक्तमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने गरिएको छ ।

Advertisement

पक्राउ परेका भारतीय नागरिकहरूले सुन भारतमा लग्ने तयारी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । ‘भारतबाट दुबई जाने, त्यहाँबाट काठमाडौं आएर यहाँबाट स्थलमार्गबाट भारत जाने गरेको बुझिन्छ,’ उनले भने, ‘उनीहरूले अहिले सबैकुरा भनिसकेका छैनन्।’ प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै यस्तो थियो भनेर बयान दिएका छन् ।

यसबारे थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई भन्सारमा बुझाउने तयारी गरिरहेको छ । विशेषगरी दुबईबाट आउनेहरू व्यक्तिहरूमाथि विमानस्थल प्रहरीको निगरानी हुने गरेको छ । नेपाली कामदारहरू र अन्य भारतीय नागरिकलाई तस्करहरूले भरिया बनाएर काठमाडौं पठाउने गरेको ‘ट्रेन्ड’ छ । सुन तस्करहरूले तस्करी गर्दा विभिन्न खालका तरिकाहरू अपनाउने गरेका छन् ।

पछिल्लो समय दुबईबाट फर्किने कामदारहरूलाई काँचो सुनका औंठी, सिक्री लगायत लगाएर पठाउने गरेका छन् । सुनलाई पगालेर कपडामा लेपन गरी ल्याउने क्रम पनि बढ्दो छ । ढिक्का सुन सजिलै समातिने डरले तस्करहरूले नयाँ नयाँ उपाय अपनाउने एसएसपी पोखरेल बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार चार महिनामा ८ करोड बढीको सुन बरामद भएको छ । प्राप्त भएको विवरणअनुसार माघ १७ गतेदेखि वैशाख ७ गतेसम्म विमानस्थलबाट मात्रै ७७५९.१६ ग्राम सुन बरामद भएको छ । जसको मूल्य ८ करोड २३ लाख १७ हजार ६३२ रुपैयाँ बराबरको छ ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top