NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

जसपा सरकारबाट बाहिरियो, उपेन्द्रको राजीनामा

सोमवार बैशाख ३१ , २०८१
Reading Time: 1 min read
A A
जसपा सरकारबाट बाहिरियो, उपेन्द्रको राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ वैशाख , काठमाण्डौ ।

चौथो ठूलो शक्तिका साथ उपप्रधान एवं स्वास्थ्य मन्त्रालय लिँदै प्रचण्ड नेतृत्वको सरकारमा गएको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । अशोक राई लगायतको ठूलो शक्तिले पार्टी विभाजन गरेपछि जसपाभित्रै ५ सिटमा सिमित भएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामापत्र बुझाएका हुन् । “सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” उनले राजीनामापत्रमा लेखेका छन्, “आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

LS Auto

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवसँगै सोही पार्टीका तर्फबाट वन राज्यमन्त्री बनेका दीपक कार्कीले पनि राजीनामा दिएका छन् । आफू अमेरिकामा रहेका बेला प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाइदिएको यादवको आरोप छ । जसपा, नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् ।

उक्त पार्टीलाई निर्वाचन आयोगमा निवेदन दिएको २० घण्टा पनि नबित्दै आधिकारिकता दिएपछि यादवसमूह आक्रोशित थियो । वर्तमान सरकारमै बसेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै गठबन्धन ढाल्न यादव लागिपरेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।

पालैपालो प्रधानमन्त्री बन्ने लोभमा यादव लागेर देउवासँग नयाँ गठबन्धन गर्न लागेको आरोप सत्तापक्षको थियो । राजीनामापछि यादवले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएको बताएका छन् । अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन भएपछि उक्त समूहले उपेन्द्रले कांग्रेससँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयास गरेका कारण स्थायित्वका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए ।

अमेरिकाबाट फर्किएपछि उपेन्द्रले प्रधानमन्त्रीसँगको भेटमा पार्टी विभाजन गर्दा गलत आरोप लगाएको बताएका थिए । यादवको राजीनामासँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । योसँगै सरकारलाई समर्थन गरेका पाँच सांसद घटेको छ । ७ सांसद रहेको जसपा नेपालले भने सरकारलाई दिएको समर्थन यथावत रहने बताउँदै आएको छ ।

जसपा विभाजनपछि मधेश सरकार समेत अप्ठ्यारोमा परेको छ । मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन् । उनीहरुले जनमतलगायतका दलसँग सहकार्य गर्र्दै मधेशमा नयाँ सरकार बनाउने तयारी गरेका छन् ।

Tags: # उपेन्द्रको राजीनामा#उपेन्द्रले सरकार छाडे#जसपा सरकारबाट बाहिरियो

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.