×

NEPAL TIMES UPDATES

Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026
Playing
ओली र लेखकको हिरासत म्याद आज सकिदै, भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता? || Nepal Times
Apr 01, 2026
Playing
ओलीलाई आफ्नै बोलीले ब्याक फायर|| Nepal Times
Apr 01, 2026
Playing
पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै || Nepal Times
Apr 01, 2026
Playing
Top 15 Afternoon News || April-01-2026 || Nepal Times
Apr 01, 2026
Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?

९ जेष्ठ २०८१

९ जेठ , काठमाण्डौ ।
नागरिकता सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइएको डिएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई पक्राउ गरेको विरोधमा उनलाई अदालत लैजादै गर्दा धनुष अदालत नजिकै नेविसंघका विद्यार्थीहरुले विरोध प्रर्दशन समेत गरेका छन् ।

अहिले अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो । उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो ।

दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए ।

उनले राज्यले २०३३÷२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए । सरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए ।

त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ । यस्तै सर्वोच्चमा पक्राउ आदेश बदर गरिपाऊ भन्दै रिट निवेदन दिएका थिए । यद्यपि उक्त रिट मंगलबार दर्ता भएन । यसैबीच सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । केही संचारमाध्यम भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

Advertisement

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको आरोप छ । यद्यपि नागरिकता कीर्तेको आरोप विशुद्ध अनुशन्धानको विषय रहेको भन्दै प्रेस स्वतन्त्रताको विषयसँग जोड्न नहुने कतिपय पत्रकारहरुले बताएका छन् ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top