‘सन्दीपले विश्वकप नखेल्दा न करिअर सकिन्छ न नेपाली क्रिकेट’

१७ जेठ ८१, शुक्रबार

१८ जेठ,काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।

क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ । लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन असमर्थता देखाएको हो ।

पछिल्लो पटक बिहीबार दूतावासले भिसा दिन अस्वीकार गरेको हो । यस्तै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेले भिसा पाउन नसकेको बताएका छन् । तर, यसपटक विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करिअर नसकिने उनको भनाइ छ ।सन्दीप विश्वकपमा सहभागी नहुँदैमा नेपाली क्रिकेट पनि नसकिने उनले बताएका छन् ।

“सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु,“ विश्वकपका लागि अमेरिका पुगेका अध्यक्ष चन्दले बिहीबार राति सामाजिक सञ्जालबाट भनेका छन् ।

उनले आफूलाई नेपाली कांग्रेससँग जोडिएको विषयमा पनि बोलेका छन् । चन्दले आफू बैतडी कांग्रेसको निर्वाचित सभापति भएको र त्यसमा आफू गौरव गर्ने बताएका छन् । “नेपाल क्रिकेट संघको अध्यक्षका साथै नेपाली कांग्रेस बैतडीको सभापति भनेरै लेखिराख्नुहुने साथीहरूका लागि पुनः स्मरण रहोस्, म बैतडी कांग्रेस को निर्वाचित सभापति नै हो । जसका लागि म गौरव गर्दछु,“ उनले भनेका छन् ।

उनले आफू आईसीसीको निमन्त्रणमा विश्वकपका लागि गएको समेत बताएका छन् । केही अघि मात्रै चन्द पत्नीसहित विश्वकपका लागि अमेरिका गएका छन् । दोस्रो पटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेकोमा सन्दीपले भने कुनैपनि प्रतिक्रिया जनाएका छैनन् । यसअघि सन्दीपले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि नेपालको सपना पूरा भएकोमा आफू खुशी रहेको बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top