पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?

१८ जेठ, एजेन्सी ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ ।

आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको छ । यद्यपि बीबीसीले जेल नभएर जरिवानाको सजाय हुन सक्ने बताएको छ । ट्रम्पको कानुन समुहले भने फैसलाको पुनरावेदन गर्ने बताएको छ । ट्रम्पका राजनीतिक समर्थकहरुले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा उठेका ट्रम्पलाई रोक्न कानूनी दुरुपयोग गरेको आरोप लाएका छन् ।

Advertisement

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् । अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका न्यूनतम योग्यता तोकेको छ । उम्मेदवार कम्तीमा ३५ वर्षको हुनु पर्छ, आजीवन अमेरिकी नागरिक हुनु पर्ने अनि कम्तीमा १४ वर्षसम्म अमेरिकामै बसेको हुनु पर्छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन । जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । यसको अर्थ ट्रम्प चुनावमा सहभागी हुन सक्छन् । यद्यपि फैसलाले ट्रम्पले पाउने मत प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । ट्रम्पले अदालतको यस निर्णयलाई लाजमर्दो र धाँधलीपूर्ण बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार प्रसारमा खटिएको टोलीले ‘कानुनभन्दा माथि कोही नभएको’ भन्दै अदालतको निर्णयलाई उचित ठहर गरेको छ । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार हुन् । बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।

सन् २०१६ मा राष्ट्रपति चुनाव अघि आफूहरूबिचको यौन सम्बन्ध गुपचुप राख्न ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर हश मनी दिएका थिए । यसै मामिलामा ट्रम्पमाथि हश मनी लुकाएको र व्यापार रेकर्डमा हेरेफेर गरेको भन्दै ३४ ओटा मुद्दा चलिरहेको थियो । ट्रम्पले भने व्यापारमा हेरफेर गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top