टि–२० विश्वकप सुरु, अमेरिकाको जित, क्यानडा स्तब्ध

१९ जेठ ८१, आइतबार

२० जेठ , एजेन्सी ।
वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि–२० विश्वकप २०२४ मा सह–आयोजक अमेरिकाले सानदार सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोलीले क्यानडालाई पहिलो हारको स्वाद चखाएको हो ।

यससंगै डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो । यस्तै विश्वकप २०२४ को पहिलो खेलमा चार अर्धशतक बनेको छ । क्यानडाका नवनीत धालीवाल र निकोलश किरतोन तथा अमेरिकाका एन्ड्रिज गोज र एरोन जोन्सले अर्धशतक प्रहार गरेका हुन् ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले पहिलो इनिङ्समा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो । यससँगै अमेरिकाले जितका लागि १९५ रनको लक्ष्य पछ्याएको थियो । जसमा अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

क्यानडाका लागि नवनीत धालिवालले ६१ रन बनाउँदा निकोलश किरतोनले ५१ रन जोडे । त्यस्तै एरोन जोनशनले २३ रन जोड्दा श्रेयस मोब्बाले ३२ रन जोडे । परगत सिंहले ५ रन जोडे भने दिलप्रित बाजवाले ११ रन जोडे । त्यस्तै डिलोन हेलिङ्गरले १ रन जोडे । बलिङतर्फ अमेरिकाका अली खानले ४१ रन दिएर १ विकेट लिए । हरमीत सिंहले २७ रन खर्चिएर १ विकेट लिए ।

त्यस्तै कोरी एन्डरशनले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले शून्य रनमै विकेट गुमाउनुपरेको थियो । २ बलको सामना गरेका स्टिभन टेलर शून्य रनमा आउट भए । त्यस्तै १६ बल सामना गरेका मोनाक पटेल १६ रन जोड्दै आउट भएपछि अमेरिका केही दबाबमा देखिएको थियो । तर, एन्ड्रिज गोजले ४६ बलमा ६५ रन तथा एरोन जोन्सले ४० बलमा नटआउट ९४ रन जोड्दै क्यानडाविरुद्ध जिततर्फ अग्रसर बनाए ।

त्यस्तै कोरी एन्डरशनले ५ बलमा ३ रन बनाए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले भने पहिलो खेल मंगलबार नेदरल्यान्ड्ससँग  ग्राण्ड प्रेरीमा खेल्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top