नेपालको जलविद्युतमा लगानी प्रस्ताव गरेका अडानीले भुटानमा लगानी गर्ने

३ असार, विराटनगर ।

नेपालको जलविद्युतमा लगानीका लागि प्रस्ताव गरेका भारतीय अर्बपति गौतम अडानीले भुटानमा लगानी गर्ने भएका छन् ।

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानीसहितका आयोजना मागेका अडानी नेपालबाट बाहिरिएर भुटानको जलविद्युतमा लगानी गर्ने भएका हुन् ।

Advertisement

लगानीको अन्तिम तयारी गरिरहेका अडानी नेपालमा अस्थिर नीति भएको भन्दै बाहिरिएका थिए । अडानी समूहले नेपालबाट बाहिरिएसँगै भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट बनाउनका लागि आइतबार समझदारीपत्र (एमाओयू)मा हस्ताक्षर गरेको छ ।

आइतबार अडानी ग्रुप र ड्रुक ग्रीन पावर कर्पोरेशनबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भुटानका प्रधानमन्त्री नाम्गेल वाङचुङको उपस्थितिमा एमओयु भएको हो ।

Advertisement

अडानीले आइतबार नै भुटानका राजा जिङमे खेसरलाई समेत भेटेका छन् । अडानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी हुन् ।

मोदीकै ग्रीन सिग्नलमा भुटानमा लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अडानी समूहले भुटानमा जलविद्युत र अन्य पूर्वाधार परियोजनाहरूमा लगानी गर्न लागेको छ ।

अडानीले भुटानका राजालाई भेट्न पाउँदा आफू सम्मानित भएको र भुटानका राजाको ‘ठूला कम्प्युटिङ सेन्टरहरू र डाटा सुविधाहरू सहित गेलेफु माइन्डफुलनेस सिटीका लागि महत्वाकांक्षी इको–फ्रेन्डली मास्टरप्लान’ बाट प्रेरित भएको बताएका छन् ।

कुनै समय नक्कली प्रतिवेदन पेश गरेको भन्दै केही दिनको अन्तरालमा नै खर्बौ सम्पत्ति गुमाएका भारतीय व्यापारी गौतम अडानी केही समय भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनिसकेका छन् । उनको खर्बपतिमा भारतकै मुकेश अम्बानीसँग प्रतिस्पर्धा हुने गरेको छ ।

अडानीको कुल नेटवर्थ पछिल्लो समय ८६ दशलमव १ बिलियन अमेरिकी डलरभन्दा माथि रहेको छ भने अम्बानीको ११५ दशमलव ८ बिलियन डलर रहेको छ । उनी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहको स्थापना गरेका थिए ।

वर्तमान समयमा अडानी समूहले कोइला व्यापार, कोइला उत्खनन्, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजुली उत्पादन र ग्यास वितरणको काम गर्दै आएको छ ।

एउटा साधारण पृष्ठभूमिका अडानीले अपेक्षाकृत कम समयमा अर्बाै डलरको व्यवसायिक कारोबारी साम्राज्य आडानी समूहको नेतृत्व गरिरहेका छन् ।

यो समूहले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेको थियो । जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो । यो भारतको सबैभन्दा ठूलो व्यवसायिक बन्दरगाह हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top