×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

४ असार, काठमाडौँ ।

प्रतिनिधिसभाको रोष्ट्रमममै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

Advertisement
Advertisement

मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा प¥यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हु¥याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हु¥याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने ।

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरे ।

लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए ।

‘यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो’ उनले भने ।

सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरेको लिङ्देनले बताए । यो कति दिन सहेर बस्ने हो भन्ने प्रश्न गर्दै उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश पोखे ।

‘राज्यस्रोतमाथि यस प्रकारको मनपरी कति दिन मानिहसरुले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने यो पढिने देखिने चिज हो भन्ने कुरा पनि नराख्ने ?’ लिङ्देनले भने ।

मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उनले बताए ।

‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौं । यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ’, अध्यक्ष लिङ्देनले भने ।

आफूहरु जनताको मत लिएर आएको उल्लेख गर्दै उनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सोधे, ‘कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुप¥यो, थाहा दिनुप¥यो ।’

मन्त्री महासेठले बजेट बनाउँदा विधि भत्काएको उनले बताए ।

‘अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नुप¥यो । बनेपछि त्यसै गर्नुप¥यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।

Advertisement
Advertisement

लिङ्देनले यो व्यवस्था रहेसम्म यस्ता विकृति देखिइरहने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top