छात्रबृत्ति दिने विद्यार्थी बालेनले नै छान्ने !

१४ असार ८१, शुक्रबार

१४ असार ,काठमाडौं ।

यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। काठमाठौँ महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो।

शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ। यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो। यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

Advertisement

परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ। विद्यालयगत छात्रवृत्तिको कोटा विवरण र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ। छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षाको नतिजा प्रकाशित नभइ कलेजमा भर्ना नहुन पनि महानगरले अनुरोध गरेको छ।

Advertisement

यसअघि काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुलाई कानूनले व्यवस्था भएवमोजिमको छात्रबृत्ति अनिवार्य उपलब्ध गराउन भन्दै छात्रबृत्ति पाएका विद्यार्थीहरुको सूची समेत मगाएको थियो । य

स्तै गतवर्ष मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०÷०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोराको सूचना जारी गरेका थिए ।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top