विराटनगर,असोज १
नेपाली कांग्रेसका संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न विफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानीगर्दै गच्छदारले देशमा हत्याहिंसा बढेपनि सरकार त्यसलाई नियन्त्रण गर्न असफल भएको दाबी गरे ।
गएको ६ महिनामा २ सय ३५ वटा हिंसाजन्य घटना भएकोले समग्र शान्ति सुरक्षामा चुनौती देखिएको बताउदै उनले त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको बताए । ]
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व पछिल्लो समय निरीह देखिएको बताउंदै उनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिब्यक्तिले समेत त्यस कुरालाई पुष्टि गरेको बताए । नेता गच्छदारले वर्तमान अवस्थामा नेपाली कांग्रेस एकढिक्का भएर अघि बढनुपर्ने बताए ।
उनले नेपाली कांग्रेसभित्र देखिएको गुटउपगुटलाई अन्त्यगर्दै एकढिक्का भएर वर्तमान राजनितिक चुनौतीलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए ।