NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

नेपालसँग हारेर जितेको दक्षिण अफ्रिका इतिहास कोर्ने दाउमा

शुक्रबार असार १४ , २०८१
Reading Time: 1 min read
A A
नेपालसँग हारेर जितेको दक्षिण अफ्रिका इतिहास कोर्ने दाउमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ असार, विराटनगर ।
वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा एक पटकको विश्वविजेता भारत र पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको थियो भने बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले फाइनलमा तेस्रो पटक स्थान बनाएको छ ।

भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो । अर्काे रोचक पक्ष के छ भने २००७ मा भारतले विश्वकप जित्दै गर्दा त्यो विश्वकपको आयोजक भने दक्षिण अफ्रिका रहेको थियो ।

१२ टिम सहभागि सो विश्वकपमा भारत च्याम्पियन बन्दा दक्षिण अफ्रिका सुपर ८ सम्म पुगेको थियो । जहाँ भारतले दक्षिण अफ्रिकालाई ३७ रनले पराजित गरेको थियो ।

अब दक्षिण अफ्रिकालाई त्यो बदला लिँदै विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन बन्ने अवसर टी २० विश्वकप २०२४ ले दिएको छ । दक्षिण अफ्रिका विश्वकै बलियो टोलीमा पर्छ । यसपछि पनि एकदिवसीय र टी–२० उपाधि एकपटक पनि जित्न सकेको छैन ।

सँगै भारतलाई एक पटक फेरि १७ वर्षपछि टी २० विश्वकपको च्याम्पियन बन्ने अवसर जुराएको छ । जसको छिनोफानो भने शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुने फाइनल खेलले गर्नेछ ।

जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो ।

क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो । सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो । उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रनले जित हासिल गरेको थियो ।

नेपाललाई पराजित गर्न दक्षिण अफ्रिकाले धेरै संघर्ष गर्नुपरेको थियो । यस्तै बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो । भारत र दक्षिण अफ्रिका दुबैलाई फाइनलमा पुर्याउन बलरको योगदान महत्वपूर्ण छ ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया र मार्को यानसनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्दै आएका छन्। स्पिनरमा केशव महाराज र तबरेज शाम्सी छन् । यता भारतमा जस्प्रित बुमराह र अर्शदीप सिंहले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्लेका छन् ।

स्पिनर कुलदीप यादव, अक्षर पटेल र रविन्द्र जडेजाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । दक्षिण अफ्रिकामा क्विन्टन डि कक, एडेनमाक्रम, हेनरिक क्लासेन, डेविड मिलर र ट्रिस्टन स्टब्स जस्ता टी–२० विशेष ब्याटर छन् । उता भारतमा रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या र ऋषभ पन्त जस्ता म्याच विनर ब्याटर छन् ।

विश्वकपमा दुई टिमबीचको कुरा गर्दा भारतले टी २० विश्वकपमा अहिलेसम्म कुल ५१ खेल खेल्दा ३४ मा जित , १५ मा हार र एक खेल बराबरी भएको छ भने एक खेल रद्द भएको छ । उता दक्षिण अफ्रिकालृ अहिलेसम्म ४८ खेल खेलेकामा ३२मा जित र १५ मा हार व्यहोरेको छ ।

एक खेल भने रद्द भएको छ। यस्तै भारत र दक्षिण अफ्रिका २००७ देखि नै विश्वकप खेलिरहेका छन् । टी–२० प्रतियोगितामा भारत र दक्षिण अफ्रिका २६ खेलमा आमनेसामने भएका छन् । यी २६ खेलमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ ।

१ खेल भने नतिजाविहीन टुंगिएको छ । भारतीय टोली नकआउटमा हारेर विगत १० वर्षदेखि लगातार आईसीसी प्रतियोगिताबाट बाहिरिँदै आएको छ । २०२१ को टी २० विश्वकप बाहेक, भारतले हरेक प्रतियोगितामा सेमिफाइनल वा फाइनल खेलेको छ।

यसपछि पनि भारतले जित हासिल गर्न सकेको छैन ।२०१४ को टी–२० विश्वकपको फाइनल होस् वा २०२३ को विश्वकपको फाइनल। २०२१ र २०२३ को टेस्ट च्याम्पियनसिपको फाइनल होस् वा २०१७ च्याम्पियनसिप ट्रफीको फाइनल होस्।

यी सबै खेलका अम्पायरहरूमा रिचर्ड केटलबरोको नाम समावेश थियो। उनी सन् २०१९ र २०१५ को विश्वकपको सेमिफाइनलमा पनि अम्पायर भएका थिए । भारत र दक्षिण अफ्रिकाबीच हुने टी–२० विश्वकप २०२४ को म्याच अफिसियल घोषणा गरिएको छ ।

जसमा इंग्ल्याण्डका अम्पायर रिचर्ड केटलबरोको नाम पनि समावेश छ । ब्रिजटाउनमा हुने खेलमा उनले तेस्रो अम्पायरको भूमिका निर्वाह गर्नेछन् । उनी अहिले सबैभन्दा अनुभवी अम्पायर हुन् ।

केटलबरोले हालसम्म ११५ टेस्ट, १६४ ओडीआई र ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरिसकेका छन्। न्युजिल्यान्डका क्रिस ग्याफनी र इङ्ल्यान्डका रिचर्ड इलिङ्वर्थले टी–२० विश्वकपको फाइनलमा मैदानमा अम्पायरको रुपमा काम गर्नेछन् ।

अष्ट्रेलियाका रड टकर चौथो अम्पायर हुनेछन् । भारत र इंग्ल्याण्डबीचको सेमिफाइनलमा पनि क्रिस ग्याफनी मैदानमा अम्पायर थिए । ग्याफ्रेले अहिलेसम्म १८९ अन्तर्राष्ट्रिय खेलमा मैदानमा अम्पायर गरिसकेका छन् । ६० वर्षीय इलिंगवर्थसँग ३०० भन्दा बढी खेल खेल्ने अनुभव छ ।

केन्सिङ्टन ओभल मैदानले दुई अपराजित टोलीहरू बीचको भिडन्त देख्नेछ । तर यो महान् खेल अघि धेरै प्रश्नहरू अझै अनुत्तरित छन् । उदाहरणका लागि, पिच कस्तो हुनेछ, दुवै टोलीको प्लेइङ इलेभेन कस्तो हुनेछ र सबैभन्दा ठूलो प्रश्न मौसमको प्रकृति कस्तो हुनेछ ?

जुन २७ मा भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनलमा वर्षासँग निकै लुकाएर खेल्नु परेको थियो । एक समय खराब मौसम र भिजेको आउटफिल्डका कारण खेल रद्द हुन सक्छ भन्ने लाग्थ्यो, तर भाग्यवस फ्यानहरूले पूरै २०–२० ओभरको खेल हेर्न पाए।

अबको केही दिन देशभर पानी पर्ने सम्भावना छ । शनिबार, जुन २९ फाइनल र आइतवारका लागि तय गरिएको रिजर्भ डेको लागि ब्रिजटाउन, बार्बाडोसको लागि मौसम पूर्वानुमानले वर्षा र मेघगर्जनको अनुमान गरेको छ ।

दिनभर आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । शनिबार पानी पर्ने सम्भावना ७८ प्रतिशत छ । दोस्रो सेमिफाइनलमा रिजर्भ डे नभए पनि आईसीसीले फाइनलका लागि त्यस्तो गल्ती गरेको छैन । उपाधि खेलका लागि रिजर्भ डे घोषणा गरिएको छ ।

वर्षा, खराब मौसम, आउटफिल्ड भिज्ने वा अन्य कुनै कारणले शनिबार (जुन २९) मा खेल सम्पन्न हुन सकेन भने भोलिपल्ट अर्थात् जुन ३० गते सम्पन्न हुनेछ । रिजर्भ डेमा पनि पानी परे वा नतिजा घोषणा नभए दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

टी २० विश्वकपमा इतिहास राख्ने र दोहोर्याउनले दाउमा उपाधिको एक कदम टाढा रहेका भारत र दक्षिण अफ्रिका रहेका छन् । पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका कि भारत ? कसको सपना वेस्टइन्डिजमा पूरा होला ? तपाइका अनुमान ब्यक्त गर्न सक्नुहुन्छ ।

Tags: #आईसीसी टी–२० विश्वकप २०२४#विश्वकप कसले जित्ला ?

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.