NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री सोमवार कार्तिक १० , २०८२
आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ? सोमवार कार्तिक १० , २०८२
आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै सोमवार कार्तिक १० , २०८२
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

मुकुल ढकालसँग रास्वपाले सोध्यो स्पष्टीकरण

शनिबार असार १५ , २०८१
Reading Time: 1 min read
A A
समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ असार, काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधिएको छ । पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई संचारमाध्यममा सार्वजनिक गरेको भन्दै शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए । तर पार्टीको अनुशासन उल्लंघन गरेको, प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक गरेको र सत्ता गठबन्धनलगायत विषयमा बोलेपछि स्पष्टीकरण सोधिएको रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिका एक सदस्यले बताएका छन् । महामन्त्री ढकालले भने स्पष्टीकरण पत्र सहयोगीमार्फत प्राप्त भएको बताए ।

उनले भने, ‘दर्ता भएको छ भनेर स्टाफले भनेका छन । आइतबार हेर्छु । मलाई सभापतिबाहेकले स्पष्टीकरण सोध्न मिल्दैन । उहाँले त्यस्तो केही भन्नुभएको छैन ।’ इलाम–२ को उपनिर्वाचनमा पार्टीले निराशाजनक नतिजा बेहोरेपछि रास्वपा सचिवालयले नै महामन्त्री ढकाललाई देशभरबाट समीक्षात्मक प्रतिवेदन ल्याउन खटाएको थियो । त्यसैअनुसार ढकालले एक महिना लगाएर ३८ जिल्लाका करिब ३ हजार मतदाता, शुभेच्छुकसँग अन्तरक्रिया गरी प्रतिवेदन तयार गरेका हुन ।

LS Auto

जुन प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ भने असार १९ मा उक्त प्रतिवेदनमाथि रास्वपाको केन्द्रीय समितिको बैठकमा छलफल हुँदै छ । ढकाल पार्टीले नै आफूलाई प्रतिवेदन तयार गर्न लगाएको बताउँछन । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार पारेको हुँ । प्रतिवेदन समीक्षा गरेर त्यसबाट निकालिएको प्रस्ताव सार्वजनिक होस् भन्ने चाहना हो,’ उनले थपे, ‘प्रतिवेदनमा प्रस्ताव गरिएको छैन ।

त्यसमा यस्तो हुनुपर्छ भनेर समीक्षा गरिएको छ । त्यसको आधारमा पार्टीलाई अगाडि बढाइयोस् भन्ने हो ।’ यता रास्वपाका मुख्य सचेतक सन्तोष परियारले महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न बाँकी रहेको बताएका छन् । समीक्षा प्रतिवेदन सभापतिलाई हस्तान्तरण गरेपछि ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र आफ्नाविरुद्ध अराजनीतिक क्रियाकलाप भएको आरोप लगाएका छन ।

उनले आफूले गर्दै नगरेका कामको दोष लगाइएको विज्ञप्तिमा उल्लेख गरेका छन । उनले प्रतिवेदन बुझाउनुअगाडि नै सत्य कुरा बताएवापत् महामन्त्रीबाट हटाइन सकिनेसमेत बताएका थिए । यता रास्वपाभित्रका अधिकांश नेता पनि ढकाललाई महामन्त्रीबाट हटाउनुपर्ने भन्दै अभियानमा जुटेका छन् । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्री ढकालले आन्तरिक समीक्षा गर्नुअघि सञ्चारमाध्यममा बयानबाजी गर्दै हिँडेको भन्दै आलोचना गरेका छन्।

उनले भनेका छन्, ‘सरकारका विषयमा उहा“ले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो । ओली–दाहाललाई मिडिया मार्फत चिढ्याउनु पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ।’ यता रास्वपा कोसी प्रदेशका पूर्वमहामन्त्री लालविक्रम थापाले ‘सभापति लामिछानेलाई होचो देखाउन षड्यन्त्रमूलक ढंगले महामन्त्रीको अभिव्यक्ति आएको’ भन्दै आपत्ति नै जनाएका छन्।

फेसबुकमा लामो स्टाटस लेख्दै थापाले महामन्त्री ढकालको प्रतिवेदनलाई सर्वोच्च अदालतमा चलिरहेको मुद्दासँग पनि जोडेर षड्यन्त्र भएको भन्न खोजेका छन् । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयको पत्रविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ। जसको ‘असार १६ गते फैसला सुनाउने सम्भावना रहेको फैसलालाई राजनीतिक चुनौती छैन’ भन्ने सन्देश दिन खोजेको आरोप लगाएका छन् । थापाले आफूलाई कोसी प्रदेशको महामन्त्री पदबाट हटाएको विषयमा पनि महामन्त्री ढकालमाथि दोष थोपरेका छन् ।

त्यहीँ निर्णयले इलाम २ मा उपनिर्वाचन हारेको भन्दै उनले लेखेका छन् । ढकालको प्रतिवेदन सभापति रवि लामिछानेलाई नै चित्त नबुझेको उनी निकटले बताएका छन् । यही कारण नै उनलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको बुझिन्छ । रास्वपाले महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ । त्यही बैठकबाट उनको पदको भविष्य निर्धारण हुने नेताहरू बताउँछन् ।

Tags: #रास्वपाले सोध्यो स्पष्टीकरण

लोकप्रीय

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२

विचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२

थप समाचार

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए
ताजा समाचार

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

सोमवार कार्तिक १० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
छठ पर्व आजदेखि सुरु

आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

सोमवार कार्तिक १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.