मेसी सेमिफाइनल खेल्न फिट छन् ?

२५ असार, विराटनगर ।

कोपा अमेरिका फुटबलअन्तर्गत भोलि विहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा स्थान बनाउने दाउमा रहेको छ । एउटै समूहका यी दुई टोलीबीच भोलि बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा एक अर्काविरुद्ध खेल्दैछन् । पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

कतार विश्वकपको च्याम्पियन अर्जेन्टिना पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो । त्यपछि सुधारिएको प्रदर्शन गरेको क्यानडा लयमा देखिएको छ । समूह चरणमा पेरुलाई १–० ले हराएको क्यनाडा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Advertisement

अर्जेन्टिना भने शतप्रतिशत जित निकाल्दै सेमिफाइनला पुगेको हो । उसले पेरुलाई २–० र चिलीलाई १–० ले रोकेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी लयमा छैनन् । चोटग्रस्त उनले इक्वेडरसँगको खेलमा पेनाल्टी मिस गरेका थिए । उनले जारी प्रतियोगितामा एक गोल पनि गर्न सकेका छैनन् । यसैबीच मेसीले आगामी खेलहरु खेल्ने कि नखेल्ने अन्यौलकाबीच उनी सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् ।

मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो भइरहे पनि उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीले बताएका छन् । समूह चरणको अन्तिम खेल नखेलेका मेसीले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दा पूरै समय खेलेका थिए । ३७ वर्षीय मेसीले इक्वेडरविरुद्ध पेनाल्टी सुटआउटमा पहिलो पेनाल्टी हाने पनि गोल गर्न सकेनन् ।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन् ।’ साविक विजेतासमेत रहेको अर्जेन्टिना १६औँ टाइटलको नजिक पुग्दा उसलाई रोक्ने दाउँमा क्यानडा रहेको छ ।

क्यानडाले भने पहिलो पटक कोपा अमेरिका खेल्दैछ । यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग । उरुग्वे र कोलम्बियाबीचको खेल भने बिहीबार बिहान हुनेछ । आउँदो सोमबार फाइनल हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top