१६ वर्ष ३६२ दिनमै यामालको नाम अघि सुपर स्टार थपियो

२७ असार ८१, बिहीबार

२७ असार, एजेन्सी ।
फुटबल खेलमा दुई ठूला कुम्भ मेला कोपा अमेरिका र युरो कप फाइनल चरणमा पुगेका छन् । जसको उपाधिका लागि कोपा अमेरिकामा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ भने युरोकपमा स्पेनले इङल्यान्डको सामना गर्नेछ ।

जारी कोपा र युरोकपको संसार भर चर्चा छ। त्यो चर्चा भित्र सबैभन्दा ब्यापक चर्चा अहिले भइरहेको छ। एक १६ वर्षे किशोरको । १६ वर्ष ३६२ दिनमै विश्व विजेता बनिसकेको फुटबलका स्टारहरुले भरिएको फ्रान्सविरुद्ध शानदार गोलगरेपछि स्पेनका १६ वर्षे किशोरको नामको अघि सुपर स्टार जोडिएको छ।

फ्रान्सविरुद्धको खेलमा यामलले २१औं मिनेटमा बराबरी गोल गरेका थिए । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो । युरोमा सबैभन्दा कान्छो खेलाडी यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्।

अहिले संसारभर उनको चर्चा भइरहेको छ । उनले फ्रान्सविरुद्ध पहिलो गोल गरे । अर्को तर्फ यामलको उमेरका कारण पनि उनको चर्चा ब्यापक छ । यामल आगामी शनिबार १७ वर्ष लाग्ने छन् ।

तर, उनलाई खेलाउँदा स्पेनलाई निकै नै सकस व्यहोर्नुपरेको छ । युरोकप आयोजक जर्मन कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राति ८ बजेपछि काममा लगाउन पाइँदैन ।

तर खेलाडीले भने राति ११ बजेसम्म खेल्न पाउने नियम छ । यही नियमअनुसार उनी समूह चरणको खेलमा इटालीसँग खेलको हाफ टाइममै मैदान बाहिरिएका थिए ।

तर, स्पेनका लागि महत्त्वपूर्ण खेलाडी रहेका यामलले जर्जियासँगको प्रि–क्वार्टरफाइनलमा उनका म्यानेजरले ३० हजार पाउण्ड फाइन तिरेरै खेलाएका थिए । सेमिफाइनलमा समेत उनले जरिवाना तिर्नुपरेको छ ।

यो खेलमा यामललाई खेलाएवापत स्पेनले ४८ हजार यूरो तिरेको छ । अब फाइनल खेल पनि सोही समयमा हुने भएकोले यामललाई खेलाउन १ लाख ५० हजार जरिवाना तिनुपर्ने हुन्छ ।

कम उमेरमा खेलाएर श्रम शोषणको आरोप खेपिरहेको स्पेनका स्टारको चर्चाले भने ब्यापकता पाएको छ । ‘एउटा सुपरस्टार जन्मिएका छन्,’ इंग्ल्यान्डका पूर्वस्ट्राइकर ग्यारी लिनेकरले बीबीसी वनमा भने, ‘यो खेलको अद्भुत क्षण थियो, सम्भवतः प्रतियोगिता कै ।’

‘केवल अविश्वसनीय,’ इङ्गल्याण्डका पूर्व स्ट्राइकर एलन शियररले थपे, ‘हामीले उनको बारेमा प्रतियोगिताभर कुरा गर्दै आएका थियौँ । यस्तो कम उमेरमा, त्यसो गर्न, यो केवल अविश्वसनीय छ।’

यस्तै ‘हामीले अ टच अफ जिनियस देख्यौँ,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले यामलको गोलको बारेमा भनेका छन्, ‘हामी सबैले उनको हेरचाह गर्न आवश्यक छ। म चाहन्छु कि उनले यस्तै नम्रताका साथ काम गरुन् र आफ्नो खुट्टा भुइँमा राखून् सिक्न जारी राखून्।’

उनी स्पेनिस टोलीका सबैभन्दा कान्छो स्टार्टर र गोलकर्ताका साथै ला लिगामा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए । यमाल १३ जुलाईमा १७ वर्ष पुग्छन् – युरो २०२४ को फाइनलको एक दिन अघि ।

जसमा स्पेनले इङ्ल्यान्डसँग सामना गर्नेछ। यामललाई अहिले विश्व फुटबलले नयाँ सुपर स्टारको रुपमा लिएको छ । १६ वर्षे ठिटो यामल विश्व फुटबलमा एक महान खेलाडी लियोनल मेसीका डाइहार्ट फ्यान हुन्। उनी मेसीलाई नै गुरु मान्छन्।

यामल अहिले बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी हुन् । अर्जेन्टिनाका स्टार लियोनल मेसी बार्सामा हुँदा उनी जन्मिएका हुन् । उनले मेसीसँगका हरेक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले एउटा पोस्टमा लेखेका छन्, ‘मेसीले लगाएको एडिडासको बुट हेरेर मैले फुटबल सिकेँ।’ उनले आफूलाई मेसीले नुहाइदिएको फोटो पनि सार्वजनिक गरेका छन् ।

सन् २००७ मा, युवा लियोनेल मेसीले बार्सिलोनाको क्याम्प नोउको ड्रेसिङ रुममा परोपकारी क्यालेन्डरका लागि एक शिशुसँग फोटोसुट गरे। २० वर्षका मेसीले पहिले नै नाम कमाउन थालिसकेका थिए । पछि उनी फुटबल इतिहासकै महान् खेलाडी बने ।

त्यही फोटोमा भएका अर्का शिशुले अहिले अन्तर्राष्ट्रिय फुटबलमा तरंगहरू सिर्जना गरेका छन् । १६ वर्ष र ३६२ दिनमा, उनलाई युरो कप प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनायो।

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत यामलले प्लेयर अफ द म्याचको अवार्ड पनि जिते। यससँगै १६ वर्षीय यामल युइएफए युरोमा प्लेयर अफ द म्याचको अवार्ड जित्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

यामलको जन्म १३ जुलाई २००७ मा स्पेनको बार्सिलोना महानगरीय क्षेत्रमा भएको थियो । उनकी आमाको जन्म गिनीमा भएको थियो भने उनका बुबा मोरक्कोको लाराचेमा जन्मेका थिए। उनकी हजुरआमा फातिमा नै १९८८ मा मोरक्कोदेखि स्पेनमा आएकी थिइन ।

यामल तीन वर्षको हुँदा उनका आमाबाबु अलग भएका थिए । उद्यपि दुवैले उनको हेरचाह गरेका थिए । चार वर्षको उमेरमा नै उनले स्थानीय क्लब ला टोरेटामा फुटबल खेल्न सुरुवात गरेका थिए ।

उनी छ वर्षको उमेरमा एफसी बार्सिलोनाको छनोटमा परेका थिए । लगत्तै उनलाई प्रशिक्षण सत्रहरूमा निमन्त्रणा गरिएको थियो । उनी २०१४ मा क्लबमा आवद्ध भएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top