×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

४१ वर्षीय एन्डरसन क्रिकेटबाट बिदा

३० असार २०८१

२९ असार,  एजेन्सी ।

इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई गुडबाई भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए । २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् ।

Advertisement
Advertisement

खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’ र त्यसपछि अलविदा भने । खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद ।

एन्डरसनले एकदिवसीय करिअरको सुरुवात २००२ मा अस्ट्रेलिया विरुद्धको खेलबाट गरेका थिए । अन्तिम खेल अफगानिस्तान विरुद्ध २०१५ मा खेले । टेस्ट करिअरको सुरुवात २००३ मा जिम्बाब्वे विरुद्ध खेल्दै गरेका थिए । उनले अन्तिम टेस्ट वेस्ट इन्डिजसँगको यही सिरिज रह्यो। टी–२० मा २००७ मा अस्ट्रेलिया विरुद्धको खेलमा डेब्यु गरेका उनले २००९ मा दक्षिण अफ्रिका विरुद्ध अन्तिम खेल खेलेका थिए ।

एन्डरसनको बिदाइका रूपमा रहेको उनको अन्तिम टेस्टमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई इनिङ र १ सय १४ रनको फराकिलो अन्तरले हरायो। एन्डरसनले आफ्नो टेस्टको अन्तिम खेलमा समेत ४ विकेट लिए । पहिलो इनिङमा १ विकेट लिएका उनले दोस्रो इनिङमा ३ विकेट लिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर पनि बनेका छन् ।

घरेलु मैदानमा वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा एन्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय १ खेलमा ५० हजारभन्दा धेरै पटक बलिङ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने बलरको शीर्ष स्थानमा भने श्रीलङ्काका मुथैया मुरलीधन छन् ।

Advertisement

उनले ४ सय ९५ खेलमा ६३ हजार १ सयभन्दा धेरै पटक बलिङ गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका भारतका अनिल कुम्ब्लेले ४ सय ३ खेलमा ५५ हजार ३ सयभन्दा धेरै बलिङ गरेका छन् । मुथैया र अनिल दुवै स्पिनर बलर हुन् । एन्डरसन भने तीव्र गतिका बलर हुन् । यसैगरी जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ४ हजार पटक बलिङ गर्ने चौथो बलर बनेका छन् । यसअघि मुथैया मुरलीधरन, अनिल कुम्ब्ले र अस्ट्रेलियाका शेन वार्नले यो उपलब्धि हासिल गरिसकेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top