×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

बाइडेनलाई पूर्व सभामुख पेलोसीले भनिन् चुनाव हार्नुहुन्छ

३ श्रावण २०८१

३ साउन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड देखिएको छ । सामाजिक सन्जालमा ‘म बिरामी परे’ भनेर लेखेका बाइडेनलाई कोभिड भएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो।

Advertisement
Advertisement

अब ८१ वर्षे बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब बढ्नसक्छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोरोनाविरुद्ध भ्याक्सिन दिइएको छ। प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुईपटक कोभिड–१९ भएको थियो।

अहिले फेरि कोरोना संक्रमण भएको कुरा बाइडेन आफैँले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले आफू स्वस्थ हुँदै गएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकसँग भेटघाट र अन्तरक्रिया गरिरहेका थिए।

पछि उनले चुनावी भाषण रद्द गरे। बाइडेनलाई कोभिड पुष्टि हुनु अगाडि डेमोक्रेटिक पार्टीका नेताहरुले भेट गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उनकै दलकी नेत्री तथा पूर्वसभामुख न्यान्सी पेलोसीले चुनाव जित्न नसक्ने बताएकी छिन्। पेलोसीले बाइडेनलाई चुनावी प्रक्षेपण हरुमा कमजोर देखिएको भन्दै निजी रुपमा यस्तो भनेको सीएनएनले उल्लेख गरेको छ ।

गत जुन २७ मा ट्रम्पसग भएको डिबेटमा बाइडेनको कमजोर प्रदर्शन भएको थियो । डिबेटपछि ट्रम्पको लोकप्रियता बढेको पाइएको थियो । डिबेटपछि जो बाइडेनलाई चुनावबाट बाहिरिन न्यू योर्क टाइम्स, डेमोक्रेटिक पार्टीका नेता तथा चन्दादाताले सार्वजनिक तथा निजी दुवै रुपमा बाइडेनलाई र उनको अभियानलाई आग्रह गरेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेद्वारी फिर्ता लिन अमेरिकी अखबार न्यू योर्क टाइम्सको सम्पादकीयदेखि चुनावी चन्दादाताले आग्रह गरेका थिए । न्यू योर्क टाइम्सले चार वर्षअघिका जस्ता प्रभावशाी बाइडेन अहिले नभएको भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

Advertisement

पत्रिकाले सम्पादकीयमार्फत् बाइडेन यो पटक उम्मेदवार हुने बारेमा बलियो तर्क नभएको जिकिर गरेको हो । डेमोक्रेटिक दलसँग झुकाव राख्ने र डेमोक्रेटिक उम्मेदवारलाई इन्डोर्स गर्दै आएको न्यू योर्क टाइम्सले मात्रै होइन, बाइडेनका चन्दादाताहरूले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top