अमेरिका उडेको एयर इन्डिया रुस पुग्यो

५ साउन, एजेन्सी ।
दिल्लीबाट अमेरिकाका लागि उडेको एयर इन्डियाको विमान रूस पुगेपछि यात्रुहरू अलपत्र परेका खबर बाहिरिएको छ । टाटा समूहको एक अंग बनेको कम्पनीले रुसमा यात्रुको पूर्ण ख्याल राखेको बताए पनि यात्रुहरूले एयर इन्डियाले लापरवाही गरेको आरोप लगाएका छन्। एयर इन्डियाको उडान एआई–१८३ बिहीबार साँझ दिल्लीबाट सान फ्रान्सिस्कोका लागि उडेको थियो ।

Advertisement

वास्तवमा प्राविधिक गडबडीका कारण यसलाई रुसको क्रास्नोयार्स्क अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको थियो । २२५ यात्रु बोकेको बोइङ ७७७ विमान रुसी विमानस्थलमा सकुशल अवतरण भएको हो । एयर इन्डियाले यात्रुहरूको सुविधाका लागि रुसी अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएको थियो । कम्पनीले एक विज्ञप्तिमा यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको जनाएको थियो ।

कम्पनीले रुसको विमानस्थलमा कर्मचारी नभएकाले त्यहाँ फसेका आफ्ना यात्रुका लागि तेस्रो पक्षको व्यवस्था गर्नुपर्ने बताएको थियो । त्यहाँबाट यात्रुहरूलाई सान फ्रान्सिस्को लगिने बताएको कम्पनीले यसका लागि व्यवस्था मिलाइने जनाएको थियो । उनीहरुलाई जतिसक्दो चाँडो अमेरिका पठाउने सबै तयारी गरिरहेको कम्पनीको भनाई थियो । तर, यात्रुले कम्पनीले लापरवाही गरेको आरोप लगाएका छन् ।

Advertisement

केवी कृष्ण राव नामका प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि कम्पनीको दाबीमा कुनै सत्यता छैन । यहाँ हामीले कुनै सुविधा पाएका छैनौँ। हामी एयरपोर्टमा फसेका छौं। हामीसँग खाना छैन । हामीलाई कुनै पनि अपडेट दिइएको छैन । त्यस्तै, प्राची जैनले रुसमा अलपत्र परेका यात्रुका लागि पानी र खानाको व्यवस्था नभएको बताइन्। यात्रु पाँच घण्टादेखि खाना र पानीको पर्खाइमा छन्।

मेरा बाबुआमा भन्छन् कि उनीहरू पानीमा भिजेका कारण उनीहरूलाई चिसो महसुस भइरहेको छ । तिनीहरू भोकाएका छन् र तिनीहरूलाई सोध्ने कोही छैन । मयंक गुप्ताले लेखेका छन्, ‘मेरी आमा बिरामी छिन् र उनको सामान र औषधि उडानमा छन्। ७० वर्षभन्दा माथिका व्यक्तिलाई यस्तो व्यवहार अमानवीय छ । हामी यो भन्दा राम्रो गर्नसक्छौं। म धेरै दुखी छु र क्रोधित पनि छु।’

Advertisement

अर्का यात्रुले रुसी एयरपोर्टमा फसेका यात्रुहरूलाई सहयोग गर्न कुनै सहयोगी कर्मचारी नभएको आरोप लगाएका छन् । अभिषेक शर्मा नामका एक प्रयोगकर्ताले एयर इन्डियाको पोस्टको जवाफ दिँदै भने, ‘मेरी ७० वर्षीया काकी यही फ्लाइटबाट आउँदै हुनुहुन्छ। एयर इन्डियाबाट उनीहरुलाई सहयोग गर्ने कोही छैन। कम्तीमा उनीहरूलाई खाना दिन सकिन्छ ।

यी प्रश्नको जवाफ दिँदै एयर इन्डियाले यात्रु र कर्मचारीलाई लिएर एयरलाइन्स चिन्तित रहेको र ती व्यक्तिलाई जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाइने बतायो । यस सम्बन्धमा अपडेट छिट्टै सार्वजनिक गरिने कम्पनीको दाबी थियो । यो रुटमा एक वर्षमा यस्तो दोस्रो घटना हो।

गत वर्ष जुनमा एयर इन्डियाको विमान प्राविधिक गडबडीका कारण एकदिन रुसमा फसेको थियो। त्यसपछि रुसको दुर्गम मगदान एयरपोर्टमा यात्रुहरूका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको थियो। पछि उनी एयर इन्डियाको विमानबाट आफ्नो गन्तव्यमा पुगेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top